लिङ्देनलाई ‘गाली’ गर्दै पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा « Khabarhub

लिङ्देनलाई ‘गाली’ गर्दै पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत चैत १५ पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनपछि जेल पुगेका दुर्गा प्रसाईं पहिलो पटक पत्रकारमाझ सार्वजनिक भएका छन् ।

गत साउन १९ गते डिल्ली बजार कारागारबाट रिहा भएदेखि मौन बस्दै आएका प्रसाईंले सोमबार भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गर्दै अन्य राजावादी दल र समूहलाई सकेसम्म गाली गरेका छन् ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा धोका दिएको पनि आरोप लगाए ।

चैत २६ गते पक्राउ परेका उनी काठमाडौं जिल्ला अदालतको आदेशमा गत जेठ ३० गते डिल्ली बजार कारागारमा चलान भएका थिए।

करिब २ महिना हिरास त र दुई महिना जेल जीवन बिताएर रिहा भएका उनले लिङ्देनसहितका राजावादीलाई सक्दो गालीका शब्द बर्साए । उनले लिङ्देनले धोका दिँदा चैत १५ को आन्दोलन तुहिएको पनि बताए ।

प्रसाईंले लिङ्देनलाई भारतबाट गाडी चोर्दै नेपालमा ल्याएर पार्ट पुर्जा बेचेको आरोप लगाए । ‘चैत १५ को आन्दोलनमा राप्रपाबाट धोका दिए’, उनले लिङ्देनलाई लक्षित गर्दै भने, ‘तिमी जस्तो भारतबाट गाडी चोरेर ल्याउँदै बिर्तामोडमा काटेर बेच्ने मान्छे होइन म ।’

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ३ : १८ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी