तीनकुनेबाट भारततिर भागेका प्रसाईं भन्छन्- मेरो शासनमा कुनै नेताले भाग्ने मौका पाउँदैनन् « Khabarhub

तीनकुनेबाट भारततिर भागेका प्रसाईं भन्छन्- मेरो शासनमा कुनै नेताले भाग्ने मौका पाउँदैनन्


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले आफूलाई ‘इन्काउन्टर’ गर्ने थाहा पाएपछि गत चैत १५ गते तीनकुनेबाट भागेको बताएका छन् ।

सोमबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले तीनकुनेमा चैत १५ गते भएको आन्दोलनका क्रममा एकजना सादा पोशाकका प्रहरीले आएर मार्ने योजना बनेको भनेपछि भारततिर भागेको बताएका हुन् ।

‘मलाई सादा पोशाकका पुलिसका मान्छे आएर तपाईंलाई मार्ने योजना छ, निस्किनुस् भनेपछि म निस्किएँ’, उनले भने, ‘कर्फ्यू लाग्दा काठमाडौं छोडिसकेको थिएँ । मलाई इन्काउन्टर गर्ने आदेश रहेछ । म त्यो दिन नभागेको भए मारिन्थेँ । मलाई ‘इन्काउन्टर’ गर्न प्रहरीका चारवटा टीम परिचालित थिए ।’

उनले आफूलाई मार्न खोजेपछि मात्रै भागेको जिकिर गरेका छन् । उनले आफूलाई नमार्ने भए कहिले नभाग्ने दाबी गरे । प्रसाईंले वर्तमान दलहरूका नेतालाई चुनौती दिँदै आफ्नो हातमा शासन आए कसैलाई भाग्न नदिने बताए ।

‘म शासकहरुलाई भन्छु, तिमीले मार्दैनौँ भने म भाग्दिनँ । मेरो पालो आएको दिन तिमीहरू पनि भाग्न पाउँदैनौँ’, उनले नेताहरूलाई लक्षित गर्दै भने, ‘यो कुरा बुझ । मेरो समय आएपछि कसैले भाग्न पाउँदैनन् । अहिले मेरो समय आएको छैन । एक दिन नेपाली नागरिकको समय आउँछ, त्यसको नेतृत्व प्रसाईंले गर्छ ।’

उनले नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको सुनियोजित हत्या गरिएको दाबी गरे । उनले मदनको हत्यामा संलग्न एकजना मरिसकेको बताउँदै अरू जीवित रहेको जिकिर गरे ।

‘मदन भण्डारीलाई मार्ने मान्छे एक जना मरिसके, अरु जिउँदै छन् । कसको योजनामा भएको हो भन्ने समयले बताउँछ,’ प्रसाईंले अगाडि भने ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई गाली गर्दै नयाँ दल खोल्ने घोषणा पनि गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ३ : ३२ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी