तीनकुनेबाट भारततिर भागेका प्रसाईं भन्छन्- मेरो शासनमा कुनै नेताले भाग्ने मौका पाउँदैनन् « Khabarhub

तीनकुनेबाट भारततिर भागेका प्रसाईं भन्छन्- मेरो शासनमा कुनै नेताले भाग्ने मौका पाउँदैनन्


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले आफूलाई ‘इन्काउन्टर’ गर्ने थाहा पाएपछि गत चैत १५ गते तीनकुनेबाट भागेको बताएका छन् ।

सोमबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले तीनकुनेमा चैत १५ गते भएको आन्दोलनका क्रममा एकजना सादा पोशाकका प्रहरीले आएर मार्ने योजना बनेको भनेपछि भारततिर भागेको बताएका हुन् ।

‘मलाई सादा पोशाकका पुलिसका मान्छे आएर तपाईंलाई मार्ने योजना छ, निस्किनुस् भनेपछि म निस्किएँ’, उनले भने, ‘कर्फ्यू लाग्दा काठमाडौं छोडिसकेको थिएँ । मलाई इन्काउन्टर गर्ने आदेश रहेछ । म त्यो दिन नभागेको भए मारिन्थेँ । मलाई ‘इन्काउन्टर’ गर्न प्रहरीका चारवटा टीम परिचालित थिए ।’

उनले आफूलाई मार्न खोजेपछि मात्रै भागेको जिकिर गरेका छन् । उनले आफूलाई नमार्ने भए कहिले नभाग्ने दाबी गरे । प्रसाईंले वर्तमान दलहरूका नेतालाई चुनौती दिँदै आफ्नो हातमा शासन आए कसैलाई भाग्न नदिने बताए ।

‘म शासकहरुलाई भन्छु, तिमीले मार्दैनौँ भने म भाग्दिनँ । मेरो पालो आएको दिन तिमीहरू पनि भाग्न पाउँदैनौँ’, उनले नेताहरूलाई लक्षित गर्दै भने, ‘यो कुरा बुझ । मेरो समय आएपछि कसैले भाग्न पाउँदैनन् । अहिले मेरो समय आएको छैन । एक दिन नेपाली नागरिकको समय आउँछ, त्यसको नेतृत्व प्रसाईंले गर्छ ।’

उनले नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको सुनियोजित हत्या गरिएको दाबी गरे । उनले मदनको हत्यामा संलग्न एकजना मरिसकेको बताउँदै अरू जीवित रहेको जिकिर गरे ।

‘मदन भण्डारीलाई मार्ने मान्छे एक जना मरिसके, अरु जिउँदै छन् । कसको योजनामा भएको हो भन्ने समयले बताउँछ,’ प्रसाईंले अगाडि भने ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई गाली गर्दै नयाँ दल खोल्ने घोषणा पनि गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ३ : ३२ बजे

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड

राजनीतिक व्यक्तित्वमाथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा