दशैँको विदामा हेर्नुहोस् यी १० फिल्म « Khabarhub

दशैँको विदामा हेर्नुहोस् यी १० फिल्म


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हिन्दू नेपालीहरुको महान पर्व दशैँ कतिपयका लागि विदा मनाउने अवसर पनि हो । नेपाली दर्शक नेपाली फिल्मबाट मात्र नभएर विदेशी फिल्मबाट पनि उत्तिकै प्रभावित छन् । दशैँको विदाको सदुपयोग गर्दै विदा मनाउन चाहनुहुन्छ भने तपाईंले पनि फिल्म केही रोजाइका फिल्म हेर्न सक्नुहुनेछ ।

त्यसो त युट्युबमा रिलिज भएका नेपाली र दक्षिण भारतीय फिल्मले दर्शकको मन जितेका हुन्छन् । दशैंकै अवसर पारेर चलचित्र ‘छक्का पञ्जा २’ रिलिज भएको थियो ।

तपाईंलाई आफ्नो रुचिअनुसार फरक फिल्म मन पर्न सक्छ । यहाँ हामीले केही फिल्म छानेका छौँ, जुन फिल्मले तपाईंको मन जित्न सक्छन् ।

विक्रम भेदा

यो दक्षिण भारतीय फिल्म सस्पेन्स थ्रीलर फिल्म हो । फिल्ममा विक्रम र भेदा नामक दुई पात्रको द्वन्द्व देखाइएको छ । एक्सन क्राइम र सस्पेन्स फिल्म रुचाउने दर्शकले यो फिल्मको कहानी मन पराउन सक्छन् । फिल्ममा माधवन र विजयले मुख्य भूमिका निभाएका छन् ।

बदला

हिन्दी चलचित्र ‘बदला’ मा पनि सस्पेन्स क्राइम भनिएको छ । फिल्ममा अमिताभ बच्चन, तापसी पन्नु र अमिता सिंहको लिड रोल छ । क्राइम थ्रीलर मन पराउने दर्शकका लागि यो फिल्म हेर्दा रमाइलो लाग्नेछ ।

द ग्राण्ड मास्टर

निनियाँ फिल्म ‘द ग्राण्ड मास्टर’ मार्सल आर्टमा आधारित छ । यो फिल्म इप म्यान सिरिजको चौथो फिल्म हो । चिनियाँ र मार्सल आर्ट फिल्म मन पराउने दर्शकका लागि यो फिल्म हेर्नलायक छ । अझ यसअघि इप म्यान का तीन भाग हेरेका दर्शकलाई त यो फिल्म झन् रोमाञ्चक हुनेछ ।

एभेन्जर्स, इन्ड गेम

विश्वमा सबैभन्दा बढी कमाएको हलिउड फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ मार्भलका फिल्म हेर्ने दर्शकका लागि एक महत्त्वकांक्षी फिल्म हो । मार्भलको सिनेम्याटिक संसार रुचाउने फ्यानले यो फिल्म पक्कै हेरेको हुनुपर्छ । यो फिल्म संसारभर चर्चा कमाउने फिल्ममध्ये एक हो । यद्यपि फिल्मको कहानी हेर्न यसअघि अन्य कैयन् सिरिज हेर्नुपर्ने हुन्छ ।

एलिटाः ब्याटल एन्जेल

यो एनिमेटेड हलिउड फिल्मले हलिउडको उत्कृष्ट चलचित्रमध्ये एक हो । सन् २०१९ मा रिलिजमा आएको यो फिल्ममा भविष्यमा विश्व कस्तो हुनेछ भन्ने कल्पनामा आधारित छ । मान्छेको मष्तिष्कलाई पनि रोबोट बनाइएको यो फिल्म साइन्स फिक्सन मन पराउने दर्शकले रुचाउने छन् ।

द लायन किङ

यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘द लायन किङ’ पनि एक एनिमेटेड फिल्म हो । राजपरिवारको सिंह र भाइभाइको दुष्मनी फिल्ममा देखाइएको छ । जनावरको जीवनका माध्यमबाट मान्छेको संवेदना खोजिएको यो फिल्म एनिमेटेड फिल्म हेर्ने दर्शकको रोजाइ हुनसक्छ ।

जोन विक ३

यसै वर्ष रिलिजमा आएको हलिउड चलचित्र जोन विक ३ एक्सनले भरिपूर्ण फिल्म हो । यसका दुई भाग यसअघि नै रिलिज भएका छन् । ती दुवै फिल्म उत्तिकै हिट छन् । केआनु रिभ्सको मुख्य भूमिका रहेको यो फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गरेको थियो ।

मुग्लान

ऐतिहासिक गीत ‘दशैँ आयो’ लाई समेत सुन्न सकिने चलचित्र ‘मुगलान’ ले विदेशमा जान बाध्य भएको नेपाली समाजलाई समेटेको छ । दिलिप रायमाझी, रमित ढुंगाना र झरना थापाको मुख्य भूमिका रहेको यो फिल्म अहिले पनि उत्तिकै रुचाइन्छ । युट्युबमा उपलब्ध यो फिल्ममा दशैँको रमझम पनि देखाइएको छ ।

प्रसाद

गत वर्ष प्रदर्शनमा आएको नेपाली चलचित्र ‘प्रसाद’ एक सामाजिक कथामा निर्माण भएको फिल्म हो । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहेको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । एक परिवारमा आएको उतारचढाव देखाइएको फिल्म आइफिल्क्समा उपलब्ध छ ।

२४

टाइम ट्राभलको कथामा आधारित दक्षिण भारतीय चलचित्र ‘२४’ हेर्नुभएको छैन भने यो फिल्म तपाईंका लागि राम्रो खुराक बन्न सक्छ । एक वैज्ञानिकले बनाएको घडीले वर्तमान समयभन्दा २४ घण्टाअघि र पछि लैजान सक्ने काल्पनिक कथा समेटिएको यो फिल्म सूर्यले शीर्ष भूमिका निभाएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ३ : १३ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।