काठमाडौं–७ को सेवा प्रवाह मित्रपार्कस्थित आफ्नै भवनबाट सुरु  « Khabarhub

काठमाडौं–७ को सेवा प्रवाह मित्रपार्कस्थित आफ्नै भवनबाट सुरु 


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. ७ ले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । मित्रपार्कस्थित भवनमा वैदिक विधिअनुसार पूजाआजा गरी भदौ १ गतेदेखि सेवा सुरु गरिएको वडा अध्यक्ष विमल कुमार होडाले जानकारी दिए । 

‘वडा नं. ७ को नवनिर्मित भवनमा कार्य शुभारम्भको अवसरमा हवन शान्ति स्वस्तिवाचन विधिपूर्वक सम्पन्न गरिएको छ’, होडले भने, ‘भदौ १ गते देखि आफ्नै भवनबाट सेवा संचालन भइरहेको छ। भवनको औपचारिक उद्घाटन चाँडै गर्ने तयारीमा छौँ ।’

यसअघि वडा कार्यालय गङ्गाहिटीस्थित भाडाको भवनबाट सेवा दिँदै आएको थियो । अब वडा नं. ७ का सेवाग्राहीले आवश्यक सम्पूर्ण सेवा आफ्नै वडा भवनबाट प्राप्त गर्न सक्नेछन् ।

वडा सचिव पदमकेशर अधिकारीका अनुसार भवन निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ को अन्त्यतिर ठेक्का सम्झौता भएको थियो र करिब १३ महिनाभित्रै निर्माण सम्पन्न भएको हो । ‘भवनको भुईँ तला पहिले नै थियो । बलियो फाउन्डेसन भएकाले मोडिफाइ गरेर अढाई तला थप गरिएको हो ।’, उनले भने । 

नव–निर्मित भवनको भुईँतलामा प्रशासनिक कक्ष, पहिलो तलामा जनप्रतिनिधि तथा मेलमिलाप कक्ष र दोस्रो तलामा सभाकक्षसहित थप प्रशासनिक कक्षहरू रहेका छन् । अब वडास्तरीय स–साना कार्यक्रमहरू पनि वडा भवनकै सभाकक्षमा आयोजना गर्न सकिने वडा सचिव अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ११ : ०८ बजे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् । सबै राजनीतिक

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर- सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा एक हजार ४६०

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

हुम्ला- हिमाली जिल्ला हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि भएको