यी हुन् फोरजी चल्ने जिल्ला र सहर, यसरी एक्टिभ गर्नुहोस् « Khabarhub

यी हुन् फोरजी चल्ने जिल्ला र सहर, यसरी एक्टिभ गर्नुहोस्


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले बुधवार(हिजो) बाट सातै प्रदेशमा फोरजी सेवा विस्तार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग फोरजी प्रविधीको प्रयोग गर्दै भिडियो कन्फरेन्स गर्दै सेवा सुभारम्भ गरेका थिए ।

फोरजी उच्च गतिको इन्टरनेट सेवा हो । हिजोबाट ३२ जिल्लाका ५० शहरका जनताले यो सेवा लिन पाएका हुन् ।

कुन कुन जिल्लामा चल्छ फोरजी ?

धनकुटा, झापा, मोरङ, सुनसरी, बारा, चितवन, धादिङ, धनुषा, दोलखा, काभ्रेपलाञ्चोक, महोत्तरी, मकवानपुर, नुवाकोट, पर्सा, रामेछाप, रसुवा, रौतहट, सर्लाही, सिन्धुली, बागलुङ, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, रुपन्देही, बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, तनहुँ, मुस्ताङ, लमजुङ र सप्तरी।

सहरहरु

भीमदत्तनगर, झलारी पिप्लाडी,अत्तरिया, धनगढी, चौमाला, मसुरिया, सुख्खड, लम्की, टीकापुर, सुर्खेत, गुलरिया, कोहलपुर, नेपालगञ्ज, घोराही, लमही, तुलसीपुर, बेनी, कुस्मा, बागलुङ, तानसेन, लुम्बिनी, भैरहवा, मंगलापुर, बुटवल, मुर्गिया, सुनवल, देवदह, परासी, वर्दघाट, भरतपुर, टाँडी, सौराहा, धादिङ, विदुर, धुन्चे, बनेपा, धुलिखेल, पनौती, हेटौंडा, सिमरा, वीरगन्ज, कलैया, चरीकोट, मन्थली, सिन्धुपाल्चोक, गौर, मलंगवा, जलेश्वर, जनकपुर, धनकुटा, धरान, इटहरी, इनरुवा, विराटनगर, दमक, विर्तामोड, चन्द्रगढी, बेसीशहर र भारदह ।

सिमकार्डमा यसरी एक्टिभ गर्नुहोस् फोरजी

तपाईले प्रयोग गरिरहेको नेपाल टेलिकमको सिममा फोरजी चल्छ कि चल्दैन भन्ने जाँच गर्न आवश्यक हुन्छ । त्यसका लागि *444# डायल गर्नुहोस् । यो डायल गरेसँगै तपाईको सिममा फोरजी चल्ने नचल्ने थाहा हुन्छ । यदी नचल्ने रहेछ भने निशुल्क सिमका लागि नजिकको टेलिकम कार्यालयमा सम्पकर्क गर्नुहोस् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १२ : ५९ बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले