इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ | Khabarhub Khabarhub

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका-४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका-२ घर भएका कल बहादुर बस्नेत पक्राउ परेका छन् । 

एनसिबि आबुदाबी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ । 

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि मानव बेचबिखन ब्युरो पठाइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : ०७ बजे

‘युक्रेनी बालबालिकाको अपहरण’ बारे ध्यान दिएकोमा मेलानिया ट्रम्पलाई जेलेन्स्कीले दिए धन्यवाद

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार अमेरिकी प्रथम महिला मेलानिया

मुख्यमन्त्री शाह र धनगढी उप-महानगरपालिका नगर प्रमुख हमालबीच भेटवार्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र धनगढी उप-महानगरपालिका

हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

बागमती– चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज एक