हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन « Khabarhub

हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपसभामुख इन्दिरा राना मगरलाई हटाउन महाभियोग लगाउने प्रयोजनका लागि प्रमुख सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदसँग हस्ताक्षर संकलन गरेका छन् ।

संघीय संसद्का सदस्यहरूलाई मंगलबार बिहान सिंहदरबारमा बोलाएर दुवै दलले हस्ताक्षर लिएका हुन् । उनीहरूलाई के प्रयोजनका लागि हो भन्ने नखुलाई खाली कागजमा हस्ताक्षर गर्न लगाइएको हो ।

हस्ताक्षरपछि एमाले सचिवसमेत रहेका नेता योगेश भट्टराईले संसदीय अभ्यासमा यो सामान्य कुरा भएको बताए ।

‘यो २०४८ सालदेखि नै चलेको चलन हो । सांसदहरूको हस्ताक्षर लिने कुरा नेपालमा मात्रै होइन, संसदीय अभ्यास भएका अन्य देशमा पनि चल्छ’, उनले भने, ‘कहिलेकाहीँ अपर्झट प्रस्ताव दर्ता गर्न हस्ताक्षर लिइन्छ । कोही सांसद विदेश गएका हुन्छन्, कोही काठमाडौं बाहिर हुन्छन् । त्यसैले पार्टीले हस्ताक्षर बटुलेर ठिक्क पार्ने यो संसदीय चलन नै हो ।’

उनले कांग्रेस र एमालेले सल्लाहले हस्ताक्षर अभियान नचलाएको हुन सक्ने पनि बताए । ‘सांसदहरूको हस्ताक्षर महाभियोग र सरकार बदल्न पनि प्रयोग हुन्छ’, उनले भने, ‘तर यिनै दुई काम गर्नका लागि भनेर हस्ताक्षर लिइएको होइन । तर त्यसो हुन पनि सक्छ।’

एमालेका अर्का सांसद गोकुल बास्कोटाले आफू निर्देशन अनुसार सिंहदरबारमा हाजिर भएको बताए । ‘दलको निर्देशन अनुसारको काम गरियो, सूचना के हो थाहा भएन । मलाई केही पनि थाहा भएन’, उनले भने,‘के को लागि होला मलाई चाहिँ खास थाहा छैन । यहाँ मैले केही गरिनँ । दलको कार्यालयमा आउनु भन्ने थियो । प्रमुख सचेतकसँग भेट्नु भन्नु भयो, कुरा गर्‍यौँ, अहिले निस्किएर हिँड्यौँ ।’

उनले आफू काम विशेष भएरै आएको बताउँदै पार्टीको कुनै बैठक भने नरहेको बताए । बास्कोटाले हस्ताक्षर गरे नगरेको केही पनि खुलाउन चाहेनन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : ०६ बजे

विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको एमालेको निष्कर्ष

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई