प्रचण्डले भने- उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमाले अर्को गल्ती गर्दैछन् | Khabarhub Khabarhub

प्रचण्डले भने- उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमाले अर्को गल्ती गर्दैछन्


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्तारुढ दलहरूको कोसिसको विरोध गर्ने बताएका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले उपसभामुख रानालाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार बनेदेखि नै गल्तीबाहेक राम्रो कुनै काम गर्न नसकेको उनले टिप्पणी गरेका छन् ।

प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाति महिलालाई अनाहकमा हटाउने कोसिस गलत रहेको जिकिर पनि गरेका छन् ।

प्रचण्डले उपसभामुख रानामाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पित रहेको जिकिर गरेकी थिइन् । उपसभामुख राना असम्बन्धित व्यक्तिहरूलाई अमेरिका पठाउन अमेरिकी दूतावासलाई पत्र लेखेसँगै विवादमा तानिएकी थिइन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : ४१ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले