अमेरिकाबाट शेखरलाई उपसभामुख रानाको फोन : मेरोबारे त्यहाँ खास भएको के हो ? « Khabarhub

अमेरिकाबाट शेखरलाई उपसभामुख रानाको फोन : मेरोबारे त्यहाँ खास भएको के हो ?


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेले हटाउने प्रयासलाई फेरि तीव्र पारिरहेका बेला अमेरिकामा रहेकी उपसभामुख इन्दिरा रानामगरले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई फोन गरेकी छन् ।

रानामगरलाई हटाउन मंगलबार कांग्रेस र एमालेले हस्ताक्षर चलाएको समाचार बाहिरिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्रसहितका दलहरू आक्रोशित भएका छन्।

यस्तोमा कांग्रेसको हस्ताक्षर अभियानमा शेखरले साथ नदिएको चर्चाबीच रानामगरले फोन गरेकी हुन् । शेखर पक्षले हस्ताक्षर गर्नुपर्ने कारण खुलाउन भनेर अडान राखेको समाचार बाहिरिएका बेला रानामगरले अमेरिकाबाट फोन गरेर सोधेकी हुन् ।

‘त्यहाँ के भएको हो ? डाक्टर सा’व भनेर मैले कल गरेको हो’, उनले मंगलबार साँझ भनिन्, ‘उहाँलाई मेरोबारेमा सबै कुरा थाहा छ । मेरो जिन्दगी भनेको खुला किताब जस्तै हो । म कुनै पनि पार्टीहरूमा हिँडेको मान्छे होइन ।’

उनले आफूहरूले अहिलेको प्रजातन्त्र कयौँको बलिदान दिएर ल्याएको बताउँदै दुरुपयोग गर्न नमिल्ने उल्लेख गरिन् । ‘हामीले यो प्रजातन्त्रलाई अनेकौँको बलिदान दिएर ल्याएका हौँ । त्यसलाई हामीले दुरूपयोग गर्नु हुँदैन’, उनले भनिन्, ‘मैले नेता शेखरसँग यो के भएको हो भनेर सोधेँ । मैले पहिले पनि यो कुरा सुनेको हो, अहिले पनि सुन्नमा आयो। सुनेपछि फोन गरेर उहाँसँग चासो राखेर सोधेको हो ।’

उपसभामुख रानामगर आफैंले कल गरेको पनि बताइन्। ‘मैले नै फोन गरेको हो । सिनियरहरूलाई सोध्नु पर्‍यो नि’, उनले भनिन्, ‘डेमोक्रेसीमा यस्तो त भएन नि भनेर उहाँसँग चासो राखेकी हुँ ।’

के हो उपसभामुख रानाको विवाद ?

रानाले २६ फेब्रुअरी २०२३ मा एउटा पत्र लेखेर आफूसहित ६ जनालाई अमेरिका पठाउन भिसाका लागि नेपालस्थित अमेरिकी दूतावासमा पत्र लेखेकी थिइन्।

उनी अनाथ र जेलचलान भएका आमा बुवाका छोराछोरीको हेरचाहका लागि फाउण्डेसन नै चलाएर बसेकी छन्। उनको यो कामप्रति सम्मान प्रकट गर्दै रास्वपाले पनि इन्दिरालाई ‘आमा’ नामले सम्बोधन गर्ने गरेको छ।

पवित्र कर्म भनेर देश र विदेशमा चर्चा भइरहेको बेला अनाथ बालबालिकालाई धर्मपुत्र पुत्री बनाएर विदेश पठाउने काममा शंकास्पद भूमिका रहेको आरोप लागिरहेका बेला उपसभामुख रानाले केही युवाका लागि भिसा दिन भन्दै अमेरिकी दूतावासलाई लेखेको पत्रले उनलाई अहिले विवादमा तानेको छ। तर यसमा आफ्नो कुनै दोष नभएको रानाको स्पष्टोक्ति छ।

आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्रमा उनले आफूसहित उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङका लागि न्यूयोर्कमा हुने कार्यक्रममा जान भिसा लगाइदिन भनेकी थिइन्। तीमध्ये उपेन्द्र गौतम भने उपसभामुखका सहपाठी हुन्।

आफूले चिनेजानेका व्यक्तिका लागि उपसभामुखले व्यक्तिगत सहयोग गरे पनि संसद सचिवालयका महासचिव भरतराज गौतमले भिसा दिन नमिल्ने भनेपछि उपसभामुख यो विषयमा तत्काल ‘कन्भिन्स’ भएकी थिइन्।

उपसभामुख उनीहरुले भिसा नपाउने कुरामा ढुक्क भए पनि केही व्यक्ति महासचिव कहाँ भिसा माग्न गएका थिए। तर महासचिवले भिसा दिन नमिल्ने भन्दै पठाएको थियो।

उपसभामुख रानाले युएन उमेनको न्यूयोर्कमा २०२३ को ६ मार्चदेखि १७ सम्म हुने सीएसडब्लु ६७ मा भाग लिनका लागि भिसा दिन अमेरिकी दूतावाससमक्ष सिफारिस गरेकी थिइन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ६ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै