बंगलादेशको बन्दरगाह आएको पानीजहाजको कन्टेनरमा रेडियोधर्मी पदार्थ भेटिएपछि… | Khabarhub Khabarhub

बंगलादेशको बन्दरगाह आएको पानीजहाजको कन्टेनरमा रेडियोधर्मी पदार्थ भेटिएपछि…


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत अगस्ट १० का दिन बंगलादेशको चटगाउँ बन्दरगाहमा खैलाबैला मच्चियो । अलार्म प्रणालीले पानीजहाजको कन्टेनरमा संदिग्ध रेडियोधर्मी पदार्थको पहिचान गरेपछि त्यस दिन बन्दरगाहमा खैलाबैला मच्चिएको थियो ।

एमभी माउन्ट क्यामरुन नामक कार्गो जहाजका छ वटा कन्टेनरमा यस्तो रेडियोधर्मी पदार्थको पहिचान भएको थियो । पछि त्यस कन्टेनरमा थोरियम २३२, रेडियम २२६ र इरिडियम १९२ रेडियोधर्मी पदार्थ पहिचान गरिएको थियो ।

चटगाउँ बन्दरगाह प्राधिकरणका अनुसार हङकङको ध्वजा भएको उक्त जहाजले ब्राजिलमा पत्रु फलाम लोड गरेको थियो । त्यो जहाज पछिल्लो पटक श्रीलंकाको कोलम्बो बन्दरगाहमा रोकिएको थियो ।

कोलम्बोमा रोकिएका बेला कन्टेनरमा कुनै पदार्थको पहिचान नभएको जनाइएको छ । समाचारमा जनाइएअनुसार बंगलादेशको अल अक्शा स्टिल मिल्स लिमिटेडले उक्त पत्रु फलाम आयात गरेको हो ।

रेडियोधर्मी पदार्थको वास्तविक स्तर मापन गर्न थप अध्ययन भइरहेको बंगलादेशी अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ९ : १७ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न