जापानको निर्यात संकट गहिरिँदै, गाडी आपूर्ति २८ प्रतिशत घट्यो « Khabarhub

जापानको निर्यात संकट गहिरिँदै, गाडी आपूर्ति २८ प्रतिशत घट्यो


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार, जुलाई महिनामा जापानको अमेरिका तर्फको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १०.१ प्रतिशतले घटेको छ । यो लगातार चौथो महिना हो जसमा अमेरिका तर्फको निर्यात घटेको देखिएको छ ।

निर्यातमा आएको यो तीव्र गिरावट मुख्य रूपमा गाडी र गाडीका पार्टपुर्जाको आपूर्तिमा आएको भारी कमीका कारण भएको हो, जुन अमेरिकी सरकारले लगाएको नयाँ आय शुल्कको असर हो ।

विवरणअनुसार, अमेरिकामा जापानी गाडीको निर्यात २८.४ प्रतिशतले घटेको छ भने पार्टपुर्जाको निर्यात १७.४ प्रतिशतले कमी आएको छ ।

जापानको कुल निर्यात २.६ प्रतिशतले घटेर ९.३६ ट्रिलियन येन (झन्डै ६.३१ मिलियन अमेरिकी डलर) पुगेको छ, जुन लगातार तेस्रो महिना घटेको हो ।

उता, आयात पनि ७.५ प्रतिशतले घटेको छ, जुन कच्चा तेल, कोइला र तरल प्राकृतिक ग्याँस (एलएनजी) को मूल्य घटेका साथै बलियो येनका कारण भएको हो ।

मन्त्रालयले जनाएअनुसार, जापानको व्यापार घाटा जुलाई महिनामा ११७.५ अर्ब येन पुगेको छ, जुन पछिल्लो दुई महिनामा पहिलो पटक घाटामा गएको अवस्था हो । रासस

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  १२ : ०९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म