कांग्रेस र एमाले दुईदलीय व्यवस्थाको ‘मिसन’मा अघि बढ्दै छन् : सांसद बस्नेत | Khabarhub Khabarhub

कांग्रेस र एमाले दुईदलीय व्यवस्थाको ‘मिसन’मा अघि बढ्दै छन् : सांसद बस्नेत


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले नेपाली कांग्रेस र नेकपा एमाले दुईदलीय व्यवस्थाको ‘मिसन’मा अगाडि बढिरहेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा उनले गठबन्धन गरेर सरकार सञ्चालन गरिरहेका कांग्रेस–एमाले दुईदलीय व्यवस्थाउन्मुख ‘मिसन’मा रहेको आरोप लगाएका हुन् ।  

सांसद बस्नेतले नेपालमा कांग्रेस–एमालेको दुईदलीय अवधारणा सैद्धान्तिक र व्यवहारिक रूपमा उपयुक्त नभएको पनि जिकिर गरे । 

‘प्रमुख सत्तारूढ दुई दलहरू दुई दलीय व्यवस्थाको मिसनमा हिँडिरहेको देखिन्छ । नेपालजस्तो बहुबर्गीय सांस्कृतिक, सामाजिक र भौगोलिक हिसाबले विवितायुक्त समाजमा यो दुई दलीय अवधारणा न त सैद्धान्तिक रूपमा ठीक छ, न त व्यवहारिक ढंगले उपयुक्त हुन्छ,’ उनले भने । 

सांसद बस्नेतले कांग्रेस–एमालेको दुईदलीय ‘मिसन’लाई जनताले पूरा हुन नदिने पनि दाबी गरे ।

 ‘यो उहाँहरूको दुई दलीय व्यवस्थाको मिसन अन्ततः एकदलीयमा पुग्ने होला । र प्रमुख दुई दलमध्ये त्यो अवसर कसले प्राप्त गर्नु हुनेछ, त्यो उहाँहरूले नै सोचिरहनुभएको होला । तर, नेपाली जनताले उहाँहरूको यो मिसन पूरा गर्न दिने छैनन्,’ बस्नेतले भने ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ५० बजे

खाँदबारी कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

किमाथांका– जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव

एजेन्सी– भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को