टप एन्ड टी-२० सिरिज : नेपालले लगातार दोस्रो जित निकाल्दा सोमपालले झारे ५ विकेट « Khabarhub

टप एन्ड टी-२० सिरिज : नेपालले लगातार दोस्रो जित निकाल्दा सोमपालले झारे ५ विकेट


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको छ ।

नेपालले दिएको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा १०६ रन खेल्दै अलआउट भयो । यससँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

यो जितसँगै नेपालले ५ खेलबाट ४ अंक बनाएको छ। नेपालले यसअघिको खेलमा हाबार्ट हेरिकेन्सलाई ६६ रनले हराएको थियो ।

 मेलबर्नका अर्जुन नायरले सर्वाधिक २६ रन जोडे। २२ बल खेलेका उनले २ चौका र १ छक्का हाने। जय लेमिरे १८ र ह्यारी डिक्सनले १६ रन मात्रै बनाउन सके ।

नेपालका लागि सोमपाल कामी चम्किए । उनले सर्वाधिक ५ विकेट झारे। ४ ओभर बलिङ गरेका उनले १७ रन दिएर मेलबर्नलाई दबाबमा राखे। कुशल भुर्तेलले २ विकेट लिए । शहाब आलम र रुपेश सिंहले १/१ विकेट लिए ।

यसअघि डार्विनको पार्मर्स्टस्थित काजालिस एरेनामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक ३९ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिए। उनले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन जोडे । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२-१२ रन बनाए ।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई-दुई विकेट लिए ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  २ : ४८ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील