उपसभामुखलाई महाअभियोग लगाउन कांग्रेस-एमालेले सांसदलाई खाली कागजमा सही गराए : राप्रपा « Khabarhub

उपसभामुखलाई महाअभियोग लगाउन कांग्रेस-एमालेले सांसदलाई खाली कागजमा सही गराए : राप्रपा


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुगेका कारण कांग्रेस–एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको बताइन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले उपसभामुखलाई महाअभियोग लगाउन कांग्रेस र एमालेहरूले आफ्ना सांसदलाई खाली कागजमा सही गराएको समेत बताइन् । 

बहुमत पुर्‍याएर आफ्ना आसेपासेलाई नियुक्ति गर्नका लागि उपसभामुखमाथि महाअभियोग लगाउने कार्यको राप्रपाले विरोध गर्ने उनले बताइन्  ।

उनले भिजिट भिसाको धन्दा चलाउनेलाई सरकारले संरक्षण गरेको तर सिफारिस पत्रमा हस्ताक्षर गर्ने उपसभामुखलाई महाअभियोग लगाउने काम उचित नभएको जिकिर गरिन् । सांसद कार्कीले धारणा राखिरहँदा एमाले सांसद सूर्य थापाले नियमापत्ति गरे ।

उनले एमाले सांसदमाथि लाञ्छना लगाउँदै गाल गलौच भएको भन्दै आपत्ति जनाए  । कस्ता कागजमा सही गराएको भन्ने ढंगको अभिव्यक्ति रेकर्डबाट हटाउन उनले माग गरे । 

सांसद थापाले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जनाउँदै सांसद कार्कीलाई बोल्न समय दिए । त्यसपछि सांसद कार्कीले एमाले र कांग्रेसले देशलाई दुई दलीय शासन पद्धतिमा लैजान खोजिरहेको आरोप लगाइन् ।

उनले अहिले सत्ता गठबन्धनमा रहेका साना दललाई समेत कांग्रेस–एमालेबाट सचेत हुन सुझाव दिइन् । उपसभामुखलाई हटाउने प्रयासका कारण कांग्रेस र एमालेले संसद्को गरिमा गुमाएको उनको भनाइ छ । 

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ३ : ३० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म