कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग « Khabarhub

कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका नेपालीको शव स्वदेश फिर्ताको प्रक्रिया र उपचाररत कामदारको स्वास्थ्य अवस्थाबारे सदनमार्फत जानकारी गराउन माग गरेका छन् । बैठकको आकस्मिक समयमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरेका हुन्  ।

सांसद रमा कोइराला पौड्यालले कुवेतमा विषादीयुक्त मदिरा सेवनबाट १२ जनाको निधन भएको र केही व्यक्ति सघन उपचारकक्षमा उपचाररत रहेका बताउँदै यो घटनाबारे सरकारले सदनलाई विस्तृत जानकारी गराउनुपर्ने माग गरिन्  । 

यो घटनापछि त्यहाँको सरकारले कामदारमाथि धरपकड सुरु गरेको समाचारहरू पनि बाहिरिएकाले नेपालीको अवस्था के छ भनेर सरकारले सोधीखोजी गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै, विदेश जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम पर्याप्त नरहेको सांसद पौड्यालले बताइन् ।

सांसद जनार्दन शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाहरूको शव नेपाल ल्याउनका लागि भइरहेका प्रक्रिया र उपचाररतहरूको स्वास्थ्य अवस्थाबारे संसद्मा जानकारीका लागि आग्रह गरे । त्यस्तै, बाढीपहिरोका कारण सडक सञ्जाल बिग्रिएको र दुर्घटनाको जोखिम बढेको विषयमा पनि उनले संसद्को ध्यानाकर्षण गरे । 

अस्थायी आवासगृहमा बसिरहेका जाजरकोटका भूकम्पपीडितलाई वर्षायामले थप प्रभावित भएको बताउँदै सांसद शर्माले पुनर्निर्माणलाई गति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

आजको बैठकमा प्रतिपक्ष दलका सांसदहरूले उपसभामुखलाई हटाउनका लागि सत्तारुढ दलले षड्यन्त्र गरिरहेका आरोपसमेत लगाएका छन् ।  

आकस्मिक समयमा सांसद महेशकुमार बर्तौलाले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ मा चट्याङ लागेर एक जनाको मृत्यु र आठ जना घाइते भएका विषय सदनमा उठाए  । चट्याङलगायत विपद्जन्य घटनामा मृत्यु भएका परिवारलाई सरकारबाट उपलब्ध गराइने राहत रकम बढाउनुपर्ने माग उनले राखे  । 

सांसद रुक्मिणी राना बराइलीले पछिल्लो समय महिला हिंसाका घटना बढिरहेको भन्दै महिला हिंसा नियन्त्रण गर्न प्रभावकारी कानुन कार्यान्वयनमा गर्नुपर्नेमा जोड दिइन् । उनले महिला हिंसाका घटनाबारे सदनको ध्यानाकर्षण गराइन् ।

सांसद महेन्द्रराय यादवले सर्लाही जिल्ला हरिपुर्वा नगरपालिकामा असुरक्षा बढेको बताउँदै त्यहाँ इलाका प्रहरी कार्यालय स्थापना गर्ने र शान्ति सुरक्षा कायम गर्न सरकारसँग आग्रह गरे । त्यस्तै, तराईका क्षेत्रमा अहिले पनि खानेपानी र सिँचाइको समस्या कायम रहेको उनले उल्लेख गरे । 

सांसद डा अमरेशकुमार सिंहले हरिपुर्वामा पूर्वशिक्षक रामपुकार रायको गोली हानेर हत्या भएको विषय संसद्मा उठाउँदै नागरिकको जीउधनको सुरक्षाको प्रत्याभूति गर्न माग गरे । सत्तारुढ दुई ठूला दलले साना दललाई तर्साइरहेका उनले आरोप लगाए  । न्याय पालिकामा सरकारको हस्तक्षेप बढेको उनको आरोप छ ।

सांसद अब्दुल खानले बर्दिया जिल्लामा बाघसहित जङ्गली जनावरको आक्रमणबाट नागरिकले ज्यान गुमाउने क्रम नरोकिएको बताए । बाघको आक्रमण रोक्नका लागि राज्यका निकायबाट गम्भीर पहल गरिनुपर्ने उनले माग राखे । 

सांसद वासुदेव घिमिरेले हालसम्म दुई सय ५३ पालिकाले मात्रै भूउपयोग नीति बनाएका जनाउँदै तीबाहेकका अन्य पालिकाले भूउपयोग नीति लागू नगर्दा जमिनको कित्ताकाट खुल्न नसकेको बताए । भूउपयोग नीति कार्यान्वयनका लागि स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकारले सहजीकरण गरिनुपर्ने उनले धारणा राखे ।

आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्  । त्यस्तै मन्त्री सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ३ : ४१ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा