आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर पाएको सत्ताको कुनै अर्थ छैन : गगन थापा « Khabarhub

आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर पाएको सत्ताको कुनै अर्थ छैन : गगन थापा


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ नहुने बताएका छन् । 

बुधबार काठमाडौंमा प्रजातन्त्र सेनानी कर्मयोगी नन्दप्रसाद सिवाकोटी स्मारिका विमोचन गर्दै महामन्त्री थापाले चुनाव जितेर सत्तामा जाने आकाङ्क्षालाई स्वाभाविक रूपमा लिनुपर्ने तर आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर सत्ता प्राप्त भए त्यसको कुनै अर्थ नहुने बताएका हुन् ।

कांग्रेसको आफ्नै आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता रहेकाले त्यससँग सम्झौता गरेर सत्तामा टिकिरहने कुरा उचित नहुने उनको भनाइ छ ।

थापाले अहिले कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वासको आवश्यकता रहेको धारणा राखे । उनले पार्टीभित्र वा बाहिर संख्याका आधारमा गरिने कुनै पनि निर्णय वैधानिक हुने भए पनि त्यसलाई आमपार्टी पंक्तिले स्वीकार गर्छ वा गर्दैन भन्ने ख्याल राख्नुपर्नेमा जोड दिए । 

थापाले कांग्रेस देशको महत्त्वपूर्ण शक्ति रहेकाले देशमा देखिएका समस्या समाधानका लागि अग्रसर हुनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ४ : २४ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा