बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत « Khabarhub

बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । 

मन्त्री सुडीले विधेयकमा सुधारको आवश्यकता भएका बताउँदै बालसुधार गृहका लागि यो विधेयक उपयोगी हुने धारणा राखे।

‘सङ्घीय सरकारको मातहतमा पाँच वटा बालसुधार गृह छन्, चार वटा गैरसरकारी संस्थाबाट सञ्चालन भएका छन्’, उनले भने, ‘बालसुधार गृहमा देखिएका समस्या समाधान गर्न विधेयक ल्याइएको हो । बालबालिकाको हकमा छुट्टै न्यायालयको व्यवस्था हुनेछ ।’

छलफलमा सांसदहरू वासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, रणकुमारी बलम्पाकी मगर, ठकुरप्रसाद गैरे, प्रकाश ज्वाला, विमला सुवेदी, सुशीला सिर्पाली ठकुरी, भगवती चौधरी, सराज अहमद फारुकी, ज्ञानु बस्नेत सुवेदी, रमा कोइराला पौडेल, जावेदा खातुन जागा, बिजुला रायमाझी, विद्या भट्टराई, हर्कमाया विश्वकर्मा, प्रेम सुवाल, प्रतिमा गौतम, सपना राज भण्डारी र प्रेमबहादुर महर्जनले भाग लिएका थिए। 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ४ : ३५ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा