भारत–चीन द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल « Khabarhub

भारत–चीन द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ यीबीच बुधबार नयाँ दिल्लीमा सौहार्द्रपूर्ण भेटवार्ता सम्पन्न भएको छ । 

उक्त वार्तामा दुबै देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने तथा आपसी चासोका विषयमा सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित छलफल गरिएको थियो ।

प्रधानमन्त्री मोदीले भारत र चीनबीच आपसी समझदारी र विश्वास बढाउँदै विभिन्न क्षेत्रहरूमा दीर्घकालीन सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । साथै, उनले सीमासम्बन्धी मुद्दाहरूलाई शान्तिपूर्ण संवादद्वारा समाधान गर्दै यस्ता विषयहरूले द्वन्द्वको रूप नलिने वातावरण बनाउनु पर्नेमा जोड दिए ।

चीनका विदेशमन्त्री वाङ यीले आफ्नो भारत भ्रमणलाई भविष्यमा उच्चस्तरीय संवाद र सहयोगका लागि मार्ग प्रशस्त गर्ने अवसरका रूपमा लिँदै, दुबै पक्षले विभिन्न क्षेत्रमा संवाद संयन्त्र पुनः सञ्चालन गर्ने सहमति भएको जानकारी दिए । उनले चीन भारतसँग आपसी हितमा आधारित सहयोगलाई अझ सशक्त बनाउन पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।
 

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ४ : ३८ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली