काठमाडौँ – सरकारले दुई दिनअघि (भदौ २ गते) बसेको मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका दुई निर्णय सार्वजनिक सरोकारमा महत्व राख्ने खालका छन् । काठमाडौँको भित्री चक्रपथमा यात्रा गर्दा कोटेश्वर चोकमा सास्ती ब्यहोर्नु परिरहेको अवस्था हटाउन सरकारले जापान सरकारबाट तीन अर्ब आठ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सकार्ने निर्णय गरेको हो ।
यसैगरी; स्वार्थसमूहको आडभरोसा, उक्साहट र दबाबमा नक्कली कागजात पेश गरी नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न पुगेको आरोप खेपेका शरद् ओझालाई पनि मन्त्रिपरिषद् बैठकले पदमुक्त गरिदिएको छ ।
ओझाले खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको देखिएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
मन्त्रिपरिषद् पछिल्लो बैठकको निर्णय :


प्रतिक्रिया