लिपुलेकबारे डा. भट्टराईको टिप्पणी :  नेपाली भूभागबारे नेपालको सहमतिबिना गरिने सम्झौता अमान्य   « Khabarhub

लिपुलेकबारे डा. भट्टराईको टिप्पणी :  नेपाली भूभागबारे नेपालको सहमतिबिना गरिने सम्झौता अमान्य  


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्र विज्ञ डा. राजन भट्टराईले लिपुलेकलाई भारत र चीनले व्यापारिक केन्द्र बनाउने सहमति गरेकोमा आपत्ति जनाएका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै  नेपाली भूभागको मामिलामा नेपालकै सहमतिबिना गरिने सम्झौता मान्य नहुने बताएका हुन् ।

यसले नेपालको सार्वभौमिकतामा असर पुगेकोतर्फ सङ्केत गर्दै उनले लेखेका छन्, ‘नेपाली भूभागको मामिला नेपालको सहमतबिना गरिने सहमति वा सम्झौता मान्य हुन सक्दैन । यो सार्वभौम सच्चाइ हो ।’

चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भदौ ३ गते लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति गरेका थिए ।

यस विषयमा बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लिपुलेक नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेको थियो ।

मन्त्रालयले भनेको थियो, उक्त भूभाग नेपालको संविधानमा देशको आधिकारिक नक्सा समावेश भइसकेको छ । उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ।’

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ८ : ०८ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको