सङ्कट व्यवस्थापन केन्द्रबाट एक वर्षमा २५२ जना लाभान्वित « Khabarhub

सङ्कट व्यवस्थापन केन्द्रबाट एक वर्षमा २५२ जना लाभान्वित


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बैतडी– जिल्ला अस्पताल बैतडीमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) प्रभावकारी बन्दै गएको छ ।

हिंसा प्रभावितलाई लक्षित गर्दै स्थापना भएको केन्द्रमार्फत एक वर्षको अवधिमा २५२ जना लाभान्वित भएका केन्द्रका संयोजक डा. सिजन खड्काले जानकारी दिए । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालको आर्थिक सहयोगमा सञ्चालित ओसिएमसीमार्फत विभिन्न प्रकारका सेवा प्रदान गर्ने गरिएको उनको भनाइ छ ।

जिल्लाका १० वटै पालिकाका २४४ र जिल्लाबाहिरका आठ जनाले केन्द्रबाट सेवा लिएका हुन् । लैङ्गिक हिंसा प्रभावितलाई ओसिएमसीबाट कानुनी, उपचारात्मक तथा परामर्श सेवा दिने गरिन्छ ।

ओसिएमसीमा आउनेमध्ये शारीरिक हिंसामा परेका ५३, मानसिक हिंसा प्रभावित ९७, स्रोतसाधनबाट वञ्चित ६५, बलात्कारका घटनाबाट पीडित १३, बलात्कार प्रयास घटनाबाट प्रभावित चार, बहुविवाहबाट पीडित चार, बालविवाहबाट पीडित चार र यौन दुव्र्यवहारका घटनाबाट पीडित दुई जना रहेको जनाइएको छ ।

हिंसापीडितको गोपनीयता कायम राख्दै प्रत्येक घटनामा प्रहरीले जिम्मेवार भएर ओसिएमसीलाई सहयोग गरिरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले गुनासो सुन्ने सुविधा र सेवामा सहज पहुँच भएकाले नगरक्षेत्रका पीडितको सङ्ख्या बढी देखिएको बताए । दशरथचन्द नगरपालिकामा रहेको सेफ हाउस सञ्चालनमा ल्याई यस्ता सेवालाई प्रभावकारी बनाउनुपर्ने भन्दै उनले त्यसमा पालिकाले पनि सहजीकरण गर्ने बताए ।

दशरथचन्द नगरपालिकामा विगत १२ वर्षअघि बनेको सेफ हाउस हालसम्म सञ्चालनमा आउन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ओसिएमसीले हिंसापीडितलाई पुनःस्थापनामा महत्त्वपूर्ण सहयोग गरेको बताए । (रासस)

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ८ : ३५ बजे

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएल : उच्च स्कोरको खेलमा मुम्बईमाथि हैदरावादको सानदार जित

मुम्बई- हेनरिक क्लासेनको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले सनराइजर्स हैदरावादले मुम्बई

पाउण्ड २०५ पुग्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा

काठमाडौँ – मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा भएको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १७ गते बिहीबार। वैशाख