अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्परा अन्त्य गर्नुपर्छ : कल्याण गुरूङ | Khabarhub Khabarhub

अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्परा अन्त्य गर्नुपर्छ : कल्याण गुरूङ


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले तीनवटै तहमा जनप्रतिनिधि छनौटका हुने निर्वाचनको अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्पराको अन्त्य गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले बिहीबार निर्वाचनमा अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्परा गलत भएको भन्दै परिवर्तन गर्नुपर्ने बताएका हुन्।

नेता गुरूङले तीनवटै तहको निर्वाचन हुनुभन्दा दुई वर्ष अगाडि नै पार्टीले उम्मेदवार घोषणा गर्नुपर्ने सुझाव पनि दिएका छन्। दुई वर्ष अगावै उम्मेदवार छनौट गर्दा पार्टीलाई अधिकतम सिटमा विजय हासिल गर्न मद्दत पुग्ने उनको भनाइ छ।

‘नेपाली कांग्रेसले सबै तह (प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तह) को उम्मेदवारको छनौट र घोषणा दुई वर्ष अगाडि नै गर्नुपर्छ,’ गुरूङले लेखेका छन्, ‘यसले पार्टीलाई अधिकतम सिटमा विजय हासिल गर्न मद्दत पुग्छ।’

दुई वर्ष अगाडि नै उम्मेदवार छनौट गर्दा पार्टीका रिसाएका नेता–कार्यकर्तालाई फकाउनेदेखि जनताको घर दैलोमा पुग्ने र मत माग्ने प्रशस्त समय हुने उनको भनाइ छ।

‘दुई वर्ष अगाडि नै उम्मेदवार छनौट गर्दा पार्टीका रिसाएका साथीलाई फकाउने प्रशस्त समय हुन्छ,’ गुरूङले लेखेका छन्, ‘जनताको घर दैलोमा पुग्ने र मत माग्ने प्रशस्त समय हुन्छ। चुनावको लागि तयारी गर्ने पनि प्रशस्त समय हुन्छ।’

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १० : ५८ बजे

जुम्लाका स्थानीय तहको आन्तरिक स्रोत खुम्चिँदो

जुम्ला– जुम्लाका स्थानीय तहले आन्तरिक स्रोतमार्फत खासै आम्दानी गर्न सकेका

सम्पर्क कार्यालयको बार्दलीमा हात हल्लाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन भएको छ ।

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

लुम्बिनी– लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको

समाजवादी व्यवस्थामा मात्र मजदुरका समस्या समाधान हुनेछन् : प्रचण्ड

कास्की–  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा छुट दिने