अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्परा अन्त्य गर्नुपर्छ : कल्याण गुरूङ « Khabarhub

अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्परा अन्त्य गर्नुपर्छ : कल्याण गुरूङ


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले तीनवटै तहमा जनप्रतिनिधि छनौटका हुने निर्वाचनको अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्पराको अन्त्य गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले बिहीबार निर्वाचनमा अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्परा गलत भएको भन्दै परिवर्तन गर्नुपर्ने बताएका हुन्।

नेता गुरूङले तीनवटै तहको निर्वाचन हुनुभन्दा दुई वर्ष अगाडि नै पार्टीले उम्मेदवार घोषणा गर्नुपर्ने सुझाव पनि दिएका छन्। दुई वर्ष अगावै उम्मेदवार छनौट गर्दा पार्टीलाई अधिकतम सिटमा विजय हासिल गर्न मद्दत पुग्ने उनको भनाइ छ।

‘नेपाली कांग्रेसले सबै तह (प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तह) को उम्मेदवारको छनौट र घोषणा दुई वर्ष अगाडि नै गर्नुपर्छ,’ गुरूङले लेखेका छन्, ‘यसले पार्टीलाई अधिकतम सिटमा विजय हासिल गर्न मद्दत पुग्छ।’

दुई वर्ष अगाडि नै उम्मेदवार छनौट गर्दा पार्टीका रिसाएका नेता–कार्यकर्तालाई फकाउनेदेखि जनताको घर दैलोमा पुग्ने र मत माग्ने प्रशस्त समय हुने उनको भनाइ छ।

‘दुई वर्ष अगाडि नै उम्मेदवार छनौट गर्दा पार्टीका रिसाएका साथीलाई फकाउने प्रशस्त समय हुन्छ,’ गुरूङले लेखेका छन्, ‘जनताको घर दैलोमा पुग्ने र मत माग्ने प्रशस्त समय हुन्छ। चुनावको लागि तयारी गर्ने पनि प्रशस्त समय हुन्छ।’

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १० : ५८ बजे

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण

ट्राफिक कारबाहीबाट १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन २ हजार ५१९ सवारीचालकलाई सवारी

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको