दशैँमा खपत बढे पनि इन्धन अभाव हुँदैन : आयल निगम « Khabarhub

दशैँमा खपत बढे पनि इन्धन अभाव हुँदैन : आयल निगम


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आयल निगमले दशैँमा इन्धन अभाव नहुने बताउँदै उपभोक्तालाई असुरक्षित भण्डारण नगर्न आग्रह गरेको छ ।

चाडबाड नजिकिएसँगै काठमाडौं उपत्यका र देशका मूख्य सहरहरुमा इन्धन खपत बढेको निगमले जनाएको छ । खपत बढे पनि निगमका सबै डीपोहरुमा इन्धन भण्डारण पूर्ण क्षमताअनुसार रहेकाले अभाव सिर्जना नहुने निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले बताए ।

दशैंमा पनि पाईपलाईनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव सिर्जना नहुने उनको भनाइ छ ।

बुधबारदेखि २० हजार किलोलिटर तेल पाईपलाईनबाट झरिरहेको पौडेलले जानकारी दिए । यस्तै पाइपलाइनका कारण बिस्थापित करिब ३ सय ट्याङ्करमा पनि इन्धन भरेर स्ट्याण्डबाई राखिएको छ । यसका अलवा डीपोहरुमा इन्धन पुर्‍याएर फर्किने सबै ट्याङ्करमा पूर्ण रुपमा इन्धन भरेर राखिने निगमले जनाएको छ ।

सामान्य अवस्थामा दैनिक ५ सय किलोलिटर पेट्रोल खपत हुने काठमाडौं उपत्याकामा बुधबार ३ सय किलोलिटर बढी माग आएको निगमले जनाएको छ । यस्तै निगमले आफ्नो डीपोहरुलाई पनि आवश्यक परेको बेला जुनसुकै बेला कार्यालय खोल्ने गरी व्यवस्था मिलाउन पत्राचार गरेको छ ।

यसका अलावा निगमले दशैंका लागि छुट्टै टिम खडा गरेको छ । यो टिम दशैं नमनाइ देशैभर निगमको कामकाजमा खटिने छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ५ : ३३ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका