सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न बौद्धिक परिषद्को माग « Khabarhub

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न बौद्धिक परिषद्को माग


५ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बौद्धिक परिषद्ले नेपाल र भारतले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने माग गरेको छ । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै परिषद्का अध्यक्ष ई.गजेन्द्रप्रसाद थपलियाले यस्तो माग गरेका हुन् ।

लिपुलेक हुँदै भारत–चीनबीच सीमा व्यापार पुनःसञ्चालन गर्ने’ भन्ने भारत र चीनका विदेशमन्त्री स्तरीय वार्तामा सहमति भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै बौद्धिक परिषद्ले यस्तो माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल–भारतबीच सदियौंदेखि रहँदै आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको सान्दर्भिकतालाई समेत मनन गर्दै दुई देश र जनताबीच रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउन ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीच रहेका सबै सीमा विवाद कूटनीतिक माध्यमबाट अविलम्ब समान गर्न नेपाल र भारत सरकारसमक्ष माग गर्दछौँ ।’

विज्ञप्तिमा यो विषयमा नेपाल र भारतको धारणा आइसकेकाले चीनलेसमेत धारणा सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  ११ : १२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली