नेपालको लिपुलेक अतिक्रमणमा भारतसँग चीनको हातेमालो « Khabarhub

छिमेकीको बलमिच्याइँ

नेपालको लिपुलेक अतिक्रमणमा भारतसँग चीनको हातेमालो

नेपाली भूमिबाट सीमा व्यापार खोल्ने सहमति


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका खोल्नेगरी चीनले नयाँदिल्लीमा एक नयाँ सहमति गरेको छ ।

सोमबारदेखि दुईदिने भारत भ्रमण गरेका चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्गलबार यस्तो विवादास्पद सहमतिमा हस्ताक्षर गरेका हुन् ।

सन् १९६२ मा चीनसँगको सीमायुद्धमा लज्जास्पद ढङ्गले पराजित भएपछि भारतले सन् १९६५ ताका नेपाली भूमिमा आफ्नो सेना राखेको थियो ।

चीनमाथि निगरानी गर्न भन्दै राखिएको सैनिक क्याम्प हटाउन नेपालले बारम्बार आग्रह गर्दा पनि भारतले अटेरी गर्दै आएको छ । पछिल्ला नक्साहरूमा त भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नै आफ्नो भूभाग दाबी गर्ने गरेको छ ।

त्रिदेशीय सीमा नजिक रहेको, तर ६० वर्षदेखि दुई छिमेकीबीच तनाव रहेको भूमिबारे बेइजिङले काठमाडौँसँग कुनै सरोकार नगरी नयाँदिल्लीमा गएर विवादास्पद सम्झौता गरेको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार; नेपाली भूभाग अतिक्रमण गरेको भारतले पनि पछिल्ल्लो सम्झौताबारे नेपाललाई कुनै जानकारी गराएको छैन ।

वाङ यीको भारत भ्रमण क्रममा गएराति गरिएको १२ बुँदे सम्झौताको नवौँ बुँदामा ‘दुवै पक्षले लिपुलेक पास, शिपकी ला पास र नाथु ला पास गरी तीन तोकिएका व्यापारिक बिन्दुहरूमार्फत् सीमा व्यापार पुनः खोल्न सहमति जनाएको’ उल्लेख छ । लिपुलेक पास नेपालको अन्तिम पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्र पर्छ ।

सिक्किम विलयदेखि नै छिमेक मामिलामा संदिग्ध खुफिया भूमिका निभाउँदै आएका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको निम्तोमा चिनियाँ विदेशमन्त्री यी नयाँ दिल्ली पुगेका थिए । नेपाली भूमि अतिक्रमणमा भारतसँग हातेमालो गर्नेगरी उनले भारतीय समकक्षी सुव्रमण्यम जयशङ्करसँग द्विपक्षीय वार्ता गरेका थिए ।

यसअघि सन् २०१५ मा पनि चीनले नेपाली भूमि लिपुलेकबाट भारतसँग व्यापार गर्ने सहमतिमा हस्ताक्षर गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बेइजिङमै निम्त्याएर चिनियाँ प्रधानमन्त्री ली खछियाङले सन् २००१५ मे १४ मा त्यस्तो सम्झौता गरेका थिए ।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको क्षेत्र समेटेर नेपालले वि.सं. २०७७ जेठमा नेपालको नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सा अहिलेहाल समेत प्रधानमन्त्री रहेका केपी शर्मा ओलीकै जोडबलमा जारी गरिएको थियो ।

नक्सामा भारतले अतिक्रमण गरेको भूभाग चुच्चो देखिने हुनाले त्यसलाई ‘चुच्चे नक्सा’ भनिन्छ । उक्त नक्सा जारी गरेपछि त्यसलाई प्रधानमन्त्री ओली र उनी नेतृत्वको पार्टी नेकपा (एमाले) ले राजनीतिक लाभका लागि निकै प्रचारप्रसार गरेको थियो । तर, सिंहदरबारबाट ओलीले उक्त नक्सा अन्तरराष्ट्रिय समुदायलाई हालसम्म पठाएका छैनन् ।

पछिल्लोपटक प्रधानमन्त्री भएपछि ओलीले भारतबाट भ्रमण निम्तो कुरिरहेका छन् । नौ महिनामा दोस्रोपटक चीन भ्रमण गर्न लागेका ओलीले संघाई कोअपरेशन अर्गानाइजेशन (एससीओ) को सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ समकक्षीलाई भेट्नेछन्‌ । ओली भदौ १४ देखि १८ सम्म चीनमा रहनेछन्‌ ।

तर, भ्रमणको पूर्वसन्ध्यामै दुई विशाल छिमेकीले अतिक्रमित भूमिबारे आपत्तिजनक सम्झौता गरिदिएपछि ‘चुच्चे नक्सा’ जारी गरेका ओली अप्ठेरोमा परेका छन्‌ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १२ : २१ बजे

होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र

रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा एकपछि अर्को विवाद

महाधिवेशन प्रतिनिधिको नामै बेपत्ता, अन्याय भएको भन्दै हलभित्रै नाराबाजी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रतिनिधिको नामावलीलाई लिएर

रास्वपा सह-महामन्त्रीमा यज्ञमणि न्यौपानेको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदका लागि अधिवक्ता यज्ञमणि

रास्वपामा रवि-बालेन भागबन्डाको विरोध, महाधिवेशन प्रतिनिधिले भने : कांग्रेस-एमालेकै रोग देखियो, विद्रोह गर्छौँ

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिँदै गएपछि प्रतिनिधिहरूको आक्रोश बढ्न