ललितले भने- जनता आवासको घर चाहिँदैन, कुनै विपन्न परिवारलाई दिनू | Khabarhub Khabarhub

ललितले भने- जनता आवासको घर चाहिँदैन, कुनै विपन्न परिवारलाई दिनू


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशीले आफ्नो परिवारका लागि आफैं घर बनाउन सक्षम रहेको बताएका छन् ।

कोशी प्रदेश सरकारले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत बनाइदिने भनिएको घर आफूले नलिने ललितले बिहीबार विराटगरका पत्रकारसँग बताएका हुन् ।

‘मेरो परिवारलाई राख्ने घर बनाउन म आफैँ सक्षम छु’, उनले भने, ‘जसका लागि घर बनाउने पैसा आएको हो, उसैलाई सरकारले घर बनाइदेओस् ।’

ललितले सरकारको योजनाअनुसार घर जुन समुदायका लागि आवश्यक पर्छ, त्यही समुदायलाई बनाइदिन पनि भनेका हुन् ।

ललितले आफूभन्दा विपन्न र गरिब परिवारलाई ‘जनता आवास कार्यक्रम’ अन्तर्गत घर बनाउन सरकारले बजेट विनियोजन गरेको पनि बताएका छन् ।

यदि आफूलाई सरकारले सहानुभूति देखाएर केही दिने भएमा त्यसलाई आफूले स्वीकार गर्ने पनि उनले बताए ।

ललितकी आमा शुभकुमारीको गत साउन २५ गते विराटनगरस्थित निवासमै निधन भएको थियो । ६३ वर्षीया उनी केही समयदेखि मुटुको रोगकी बिरामी रहँदै आएकी थिइन् ।

ललितकी आमाको निधनपछि श्रद्धाञ्जली दिन घरमै पुगेका नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य अमृत अर्यालले ‘जनता आवास कार्यक्रम’अन्तर्गत यो परिवारको घर बनाइदिने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ११ : ५६ बजे

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

आज विश्व खाद्य दिवस मनाइदै

काठमाडौं – सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक