भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार | Khabarhub Khabarhub

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– यहाँको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार सेवा लिएका छन् । अस्पतालको सामाजिक सेवा एकाइमार्फत उनीहरूले यो सेवा लिएका हुन् ।
 
गत आर्थिक वर्षमा गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार र लक्षित वर्गको उपचारमा गरी उनीहरूले निःशुल्क वा छुटमा उपचार सेवा पाएका हुन् ।

चार करोड छ लाख ९५ हजार १० रुपैयाँ बराबरको सेवा प्रदान गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।  

एकाइका प्रमुख रामहरि ढकालका अनुसार लक्षित वर्गमा चेपाङ्, बोटे, मुसहर, माझी, असाहाय र वेवारिसेहरु पर्ने गर्दछन् । उनीहरूले सो वर्षमा तीन हजार ४९ जनाले सेवा लिएको उनले जानकारी दिए । उनीहरूले तीन करोड ३३ लाख ७६ हजार ३५८ रुपैयाँ बराबरको सेवा लिएको ढकालले बताए ।
 
त्यसैगरी अस्पतालको गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार सेवाबाट दुई हजार २३४ जना लाभान्वित भएको उनले बताए । आकस्मिक सेवामा गरिएको उपचारमा ७३ लाख ८१ हजार ६५२ रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ ।
 
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा. कृष्णप्रसाद पौडेलले यस एकाइबाट मन्त्रालयले विनियोजित गरेको बजेटभन्दा दोब्बर खर्च गरी लक्षित वर्गलाई सहयोग गरिएको बताए  ।

सामाजिक सेवा एकाइबाहेक पनि धेरै बिरामीको निःशुल्क उपचार गरिएको जनाउँदै डा पौडेलले निःशुल्क उपचार गराउनुपर्ने धेरैजसो बिरामी भरतपुर अस्पतालमा आउने गरेको बताए ।
 
लक्षित समूहसँगै अन्य बिरामीको समस्या र अवस्थाअनुसार निःशुल्क वा आंशिक छुटमा सेवा दिने गरिएको उहाँले जानकारी दिनुभयो । देशका विभिन्न जिल्लाबाट बिरामी आउने भरतपुर अस्पतालमा पछिल्लो समय दैनिक दुई हजारभन्दा बढी बिरामी उपचारका लागि यस अस्पतालमा आउने गरेका छन् । रासस

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : २२ बजे

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको

कर्मचारीहरुलाई गाडी किन्न लामो अवधिको ऋण दिनुपर्छ : नाडा पूर्व अध्यक्ष दुलाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक

तातोपानीमा एक हजारभन्दा कन्टेनर अलपत्र

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको

काठमाडौंमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँमा गएर ऋण दिएका छन् : सिइओ शर्मा

काठमाडौं– भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले हायर

शासक होइन, सहजकर्ताको भूमिकामा छु : मन्त्री पाण्डे 

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूलाई शासक