बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै « Khabarhub

बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– मौसममा आएको फेरबदलले बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै जान थालेका छन् । भाइरलबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । केही दिनयता समय समयमा भइरहेको वर्षा र गर्मीका कारण ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा. संकेतकुमार रिसालले उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, झाडा पखालाका लक्षण देखिएका बिरामी अहिले अस्पतालमा बढी आउने गरेको जानकारी दिए ।  तीमध्ये बालबालिकाको सङ्ख्या धेरै भएको उनले बताए। भेरी अस्पतालमा मात्र दैनिक २०० देखि ३०० सम्म भाइरल फ्लुका बिरामी उपचारका लागि पुग्ने गरेको डा रिसालको भनाइ छ । 

नेपालगञ्जस्थित सञ्जीवनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोमन किदवाईले शिक्षण अस्पतालमा पनि भाइरल फ्लुका बिरामी आउने क्रम अहिले बढेको बताए। उनले त्यस्ता बिरामीमा बालबालिका र वृद्धवृद्धाको सङ्ख्या धेरै हुने गरेको बताए। 

नेपालगञ्जका वरिष्ठ फिजिसियन प्रकाश नागले पनि मौसमका कारण भाइरलको सङ्क्रमण बढेको जनाउँदै उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता समस्या देखापरिरहेको बताए। 

नेपालगञ्ज र कोहलपुरका निजी क्लिनिकमा पनि केही दिनयता भाइरल ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामी आउने क्रम बढेको चिकित्सकहरूले जनाएका छन् । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा उचित ध्यान नपुर्‍याउँदा भाइरल फ्लुका बिरामी बढेको चिकित्सकहरूको भनाइ छ ।

वरिष्ठ बालरोग विशेषज्ञ डा. शकिल अहमदले मौसमको सबैभन्दा बढी प्रभाव बालबालिकामा पर्ने हुँदा अहिले बालबालिका धेरै भाइरल फ्लुबाट पीडित रहेको बताए।

उनले अहिले आफ्ना क्लिनिकमा आउने सबै बालबालिका भाइरल ज्वरो र रुघाखोकीबाट पीडित भएर आउने रहेको जनाउँदै सचेत रहन अभिभावकसँग आग्रह गरे। 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : ५२ बजे

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन