गाजा क्षेत्रमा स्थल आक्रमण शुरु हुँदै, ६० हजार जगेडा सैनिक परिचालन हुने | Khabarhub Khabarhub

गाजा क्षेत्रमा स्थल आक्रमण शुरु हुँदै, ६० हजार जगेडा सैनिक परिचालन हुने


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाजा क्षेत्रमा स्थल आक्रमण गर्न इजरायली फौजले दशौँ हजार जगेडा सैनिकलाई बोलाएको छ । समचार संस्था एपीका अनुसार इजरायली प्रतिरक्षा बल आईडीएफले ६० हजारभन्दा धेरै जगेडा सैनिकलाई बोलाएको हो ।

इजरायलले गाजा शहर र गाजा क्षेत्रका बाक्लो जनसङ्ख्या रहेका अन्य क्षेत्रमा स्थल आक्रमणको योजना बनाएको छ । यसअघि नै इजरायलले गाजा क्षेत्रका ७५ प्रतिशत भूभागमा नियन्त्रण हासिल गरिसकेको बताइएको छ ।

थप स्थल आक्रमणले सो क्षेत्रमा थप विनाश र हताहती निम्त्याउने निश्चित छ । यसले उसै पनि चरम मानवीय सङ्कटको सामना गरिरहेको गाजाको अवस्था थप गम्भीर हुने अन्तर्राष्ट्रिय संघसंस्थाले चिन्ता व्यक्त गरेका छन् ।

गाजा क्षेत्रमा स्थल आक्रमणलाई विस्तार गर्ने इजरायली सेनाको योजनाको व्यापक विरोध भइरहेको छ । हाल हमासको कब्जामा रहेका बन्धकका आफन्त र परिवारले सैन्य कारवाहीको विरोध गरेका छन् ।

यसअघि इजरायली सेनाका पूर्व सुरक्षा अधिकारीहरुले सैन्य कारवाहीबाट थोरैमात्र लाभ मिल्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । केही दिनअघि लाखौँ इजरायली नागरिकहरु सडकमा उत्रिएर सरकारको कदमको विरोध गरेका थिए ।

अझ जगेडा सैनिकलाई युद्धमा परिचालन गर्ने निर्णयले इजरायली जनताको आक्रोश थप बढाउने विश्लेषण गरिएको छ ।

इजरायली सेनाका अधिकारीले नाम नभन्ने सर्तमा एपीलाई बुधबार बताएअनुसार इजरायली सेना विस्तारै गाजा शहरमा प्रवेश गर्नेछ । इजरायली सेनाले गाजा शहरका केही भागमा अझै पनि इजरायली फौजको नियन्त्रण छैन । ती भागमा हमासले अझै पनि सैन्य र प्रशासनिक गतिविधि गरिरहेको बताइन्छ ।

ती अधिकारीले जगेडा सैनिकलाई परिचालन गर्ने प्रक्रिया पूरा हुन केही साता लाग्नसक्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना सेनाको कारवाही गाजा क्षेत्रको शरणार्थी शिविरमा पनि विस्तार हुने बताएका छन् । त्यसबाहेक मध्य गाजाको डिअर अल बलाह शहरमा पनि इजरायली सेनाले कारवाही गर्ने अपेक्षा गरिएको छ । यो शहरको अवस्था अन्य स्थानको तुलनामा सग्लै रहेको बताइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : २७ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले तीन अर्ब ३० करोड रुपैयाँ वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल असोज २८ गते मंगलबारको राशिफल

काठमाडौं– आज मिति २०८२ साल असोज २८ गते मंगलबार ।

सन्दीपको रवाफमा कतारविरूद्ध नेपालको रोमाञ्चक जित

मस्कट- ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको