गाजा क्षेत्रमा स्थल आक्रमण शुरु हुँदै, ६० हजार जगेडा सैनिक परिचालन हुने « Khabarhub

गाजा क्षेत्रमा स्थल आक्रमण शुरु हुँदै, ६० हजार जगेडा सैनिक परिचालन हुने


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाजा क्षेत्रमा स्थल आक्रमण गर्न इजरायली फौजले दशौँ हजार जगेडा सैनिकलाई बोलाएको छ । समचार संस्था एपीका अनुसार इजरायली प्रतिरक्षा बल आईडीएफले ६० हजारभन्दा धेरै जगेडा सैनिकलाई बोलाएको हो ।

इजरायलले गाजा शहर र गाजा क्षेत्रका बाक्लो जनसङ्ख्या रहेका अन्य क्षेत्रमा स्थल आक्रमणको योजना बनाएको छ । यसअघि नै इजरायलले गाजा क्षेत्रका ७५ प्रतिशत भूभागमा नियन्त्रण हासिल गरिसकेको बताइएको छ ।

थप स्थल आक्रमणले सो क्षेत्रमा थप विनाश र हताहती निम्त्याउने निश्चित छ । यसले उसै पनि चरम मानवीय सङ्कटको सामना गरिरहेको गाजाको अवस्था थप गम्भीर हुने अन्तर्राष्ट्रिय संघसंस्थाले चिन्ता व्यक्त गरेका छन् ।

गाजा क्षेत्रमा स्थल आक्रमणलाई विस्तार गर्ने इजरायली सेनाको योजनाको व्यापक विरोध भइरहेको छ । हाल हमासको कब्जामा रहेका बन्धकका आफन्त र परिवारले सैन्य कारवाहीको विरोध गरेका छन् ।

यसअघि इजरायली सेनाका पूर्व सुरक्षा अधिकारीहरुले सैन्य कारवाहीबाट थोरैमात्र लाभ मिल्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । केही दिनअघि लाखौँ इजरायली नागरिकहरु सडकमा उत्रिएर सरकारको कदमको विरोध गरेका थिए ।

अझ जगेडा सैनिकलाई युद्धमा परिचालन गर्ने निर्णयले इजरायली जनताको आक्रोश थप बढाउने विश्लेषण गरिएको छ ।

इजरायली सेनाका अधिकारीले नाम नभन्ने सर्तमा एपीलाई बुधबार बताएअनुसार इजरायली सेना विस्तारै गाजा शहरमा प्रवेश गर्नेछ । इजरायली सेनाले गाजा शहरका केही भागमा अझै पनि इजरायली फौजको नियन्त्रण छैन । ती भागमा हमासले अझै पनि सैन्य र प्रशासनिक गतिविधि गरिरहेको बताइन्छ ।

ती अधिकारीले जगेडा सैनिकलाई परिचालन गर्ने प्रक्रिया पूरा हुन केही साता लाग्नसक्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना सेनाको कारवाही गाजा क्षेत्रको शरणार्थी शिविरमा पनि विस्तार हुने बताएका छन् । त्यसबाहेक मध्य गाजाको डिअर अल बलाह शहरमा पनि इजरायली सेनाले कारवाही गर्ने अपेक्षा गरिएको छ । यो शहरको अवस्था अन्य स्थानको तुलनामा सग्लै रहेको बताइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : २७ बजे

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग