एमाले सरकारमा गइरह्यो, अब समीक्षा गरौँ : भण्डारी « Khabarhub

एमाले सरकारमा गइरह्यो, अब समीक्षा गरौँ : भण्डारी


५ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले लगातारजसो सरकारमा सहभागी पार्टीको कामकारबाहीबारे अब समीक्षा हुनुपर्ने बताएकी छिन्‌ ।

पार्टीमै सक्रिय राजनीति गर्न फर्कन प्रयास गरिरहेकी भण्डारीले आज (बिहीबार) काठमाडौँको थापागाउँमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दै एमालेको सरकारयात्राबारे सवाल उठाएकी हुन्‌ ।

‘हिजो २०४६/४७ को आन्दोलनपछि जसरी देशमा एउटा अन्तरिम सरकार बनेको थियो, त्यो सरकारमा पनि यो पार्टीले भाग लिएको थियो । तर त्यसपछि भने चुनावबाट ५० सालपछि निरन्तर यो पार्टी नेकपा एमालले भाग लिइराखेको छ’, भण्डारीले भनिन्, ‘सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्न हो । त्यो अनुसार हामीले काम गर्न सक्यौँ कि सकेनौँ ?’

एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको भन्दै भण्डारीले त्यसको मर्म र भावना अनुसार काम भयो कि भएन भनी समीक्षा गर्ने बेला भएको बताइन्‌ ।

उनले थपिन्‌, ‘हामीले विभिन्न समयमा विविध क्षेत्रको चर्चा गरिरहेका छौँ । आर्थिक, सामाजिक, सांस्कृतिक लगायत क्षेत्रमा हामीले काम गर्न सक्यौँ कि सकेनौँ ? समीक्षा गर्ने बेला आएको छ भन्ने मलाई लाग्छ ।’

सिद्धान्त अनुसार समाजलाई डोहोर्‍याउन वैचारिक चिन्तनमनन गरेर अगाडि बढ्नुपर्ने पनि भण्डारीले बताइन्‌ । भनिन्‌, ‘म नेकपा (एमाले) को सदस्य हो । त्यो नाताले मैले जुन एउटा सिद्धान्त धारण गरेको छु र बुझेको छ, त्यो अनुसार मैले काम गर्ने हो । यदि पार्टीहरूमा विकृति विसङ्गति फैल्याइएको छ भने त्यसविरुद्ध पनि म लडिरहन्छु ।’

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  ३ : ५८ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२