फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू « Khabarhub

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी २’सँगको सहकार्यमा गायिका झुमा लिम्बूले नेपालका विभिन्न १० सहरमा कन्सर्ट गर्ने भएकी छन् ।

झुमाको ब्यान्ड ‘झुमा लिम्बू एन्ड दी रैथाने ब्यान्ड’ले ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ अन्तर्गत रहेर विभिन्न सहरमा लाइभ प्रस्तुती दिन लागेको हो ।

झुमाले ललितपुरमा शुक्रबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएकी हुन् । यो टुरको सुरुवात भदौ २१ देखि काठमाडौंबाट सुरु हुने उनले बताइन् ।

पहिलो प्रस्तुती काठमाडौंस्थित एलओडी क्लबमा दिने तय भएको छ। त्यहाँ च्याब्रुङ नाचसमेत हुनेछ ।

बाँकी ९ शहरको कार्यक्रम स्थल टुंगो लाग्न बाँकी रहेको छ । सामाजिक सञ्जालबाट यसको जानकारी दिइने उनले बताइन् ।

यही कार्यक्रममार्फत् स्थानीय कलकार संस्कृति र गीत–संगीतलाई प्रवर्द्धन गर्ने झुमाको योजना छ । उनले भनिन्, ‘जुन ठाउँमा कन्सर्टको आयोजना हुनेछ, त्यहाँको स्थानिय कला संस्कृति र गीत संगीतलाई विशेष प्राथामिकतामा राखिनेछ ।’

यो वर्ष भने नेपालका विभिन्न स्थानमा संगीतिक टुर गर्ने योजनमा उनी छिन् । अर्को वर्ष भने विदेशमा रहेका दर्शक श्रोतासँग भेट गर्ने योजना रहेको उनले सुनाइन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ७ : ३४ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ