चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ « Khabarhub

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी चोरी र लुटपाट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरिएको छ ।

विभिन्न ठाउँमा लुटपाट भएको सूचनाका आधारमा खोजी गदाए प्रहरीले चोरी र लुटपाटका घटनामा संलग्न रहेका समूहले चोरीकै मोटरसाइकल प्रयोग गर्ने गरेको फेला परेको जिल्ला प्ररी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनीहरुको सबै विवरण आजै सार्वजनिक गरिएको छ ।

प्रवक्ता बोहराका अनुसार यसरी लुटपाटमा संलग्न ६ जनालाई चोरिएका मोटरसाइकलसहित पक्राउ गरिएको छ । चोरीका मोटरसाइकल प्रयोग गर्दा भाग्न सकिने सोचेर उनीहरुले उक्त अपराध गरेको पाइएको छ ।

प्रहरी प्रभाग नयाँ बसपार्क र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्दा चोरीकै मोटरसाइकल लप्रयोग गरी चोरी गरेको पाइएको प्रवक्ता बोहराले बताए ।

पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला घर भई धापासी बस्ने १८ वर्षीय साहिल क्षेत्री, नुवाकोट घर भई फुटुङ बस्ने २५ वर्षीय सङ्ग्राम राई, सुनसरी घर भई फुटुङ बस्ने २१ वर्षीय दीपेश लिम्बू, मकवानपुरको बागमती घर भई टोखा बस्ने २७ वर्षीय शम्भू माझी, रामेछाप घर भइ टोखा बस्ने २० वर्षीय प्रकाश तामाङ र काभ्रेपलाञ्चोक घर भई टोेखा बस्ने २२ वर्षीय मिलन तामाङ रहेका छन् ।

उनीहरुका साथबाट चोरिएका बा५२प ३६३० नम्बर स्कुटर (हाल उक्त नम्बर परिवर्तन गरी बा१०प ६३०८ को नम्बर प्लेट राखिएको), बा८१प ३३८२ नम्बरको स्कुटर र बा प्र ०२–०२५ प ७११९ नम्बरको स्कुटर बरामद गरिएको प्रवक्ता बोहराले जानकारी दिए । उनीहरुमाथि पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ९ : ५६ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह