अर्जेन्टिनाको समुद्री तटनजिकै ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा टर्‍यो « Khabarhub

अर्जेन्टिनाको समुद्री तटनजिकै ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा टर्‍यो


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

स्यान्टियागो/ब्युनस आयर्स- दक्षिण अमेरिकाको तट नजिकै शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प आएको छ। हालसम्म उक्त भूकम्पले गरेको क्षतिको जानकारी मिलेको छैन ।

अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (युएसजीएस) का अनुसार यो भूकम्प अर्जेन्टिनाको दक्षिणतर्फ ‘ड्रेक प्यासेज’ नजिक पृथ्वीको सतहबाट करिब ११ किलोमिटर भित्रबाट आएको हो ।

‘ड्रेक प्यासेज’ दक्षिण अमेरिकाको अन्तिम टुप्पो (केप हर्न) र अण्टार्कटिकाबीचको समुद्री बाटो हो। यसले एटलान्टिक र प्रशान्त महासागरलाई जोड्छ। यो समुद्री मार्ग निकै आँधीबेहरीपूर्ण र खतरनाक मानिन्छ। यसलाई अंग्रेज नाभिक सर फ्रान्सिस ड्रेकको नाममा राखिएको हो।

चिलीको नेभल हाइड्रोग्राफिक र ओसिनोग्राफिक सर्विसले अण्टार्कटिका क्षेत्रका लागि सुनामीको चेतावनी जारी गरेको थियो। तर पछि यो चेतावनी हटाइएको छ।

यस २०२५ मे महिनामा पनि यसै क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प आएको थियो। गत महिना रसियामा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको थियो ।

३० जुलाईमा रसियाको पूर्वी प्रायद्वीप कामचटका क्षेत्रमा ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । जुन विश्वकै छैटौँ ठूलो भूकम्प मानिएको छ। त्यस भूकम्पपछि ५ मिटर उचाइसम्मको सुनामी आएको थियो । भूकम्पले थुप्रै घर तथा भवनहरू क्षतिग्रस्त भएका थिए। केन्द्र जमिनबाट १९.३ किलोमिटर गहिराइमा थियो।

भूकम्पपछि रसिया, जापान, अमेरिका र दक्षिण अमेरिकाका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको थियो। कतिपय क्षेत्रमा हल्का सुनामी लहरहरू देखिएका थिए।

भूकम्प किन आउँछ?

पृथ्वीको सतह सातवटा ठूला र अरू धेरै साना टेक्टोनिक प्लेटहरूले बनेको छ। यी प्लेटहरू लगातार चलिरहन्छन्। आपसमा ठोक्किँदा वा घर्षण हुँदा दबाब सिर्जना हुन्छ। धेरै दबाब हुँदा प्लेटका किनाराहरू मोडिन्छन् वा भाँचिन्छन्। यस क्रममा उत्पन्न ऊर्जा बाहिर निस्कने क्रममा सतह हल्लिएर भूकम्प आउँछ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : २८ बजे

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’