पछिल्लो एक सातामा २११ जनामा डेंगुको संक्रमण, सङ्क्रमितको सङ्ख्या ३२ सय नाघ्यो  « Khabarhub

पछिल्लो एक सातामा २११ जनामा डेंगुको संक्रमण, सङ्क्रमितको सङ्ख्या ३२ सय नाघ्यो 


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर २ सय ११ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ३ हजार २ सय ४७ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको तथ्यांक अनुसार ७४ वटा जिल्लामा फैलिएको डेंगु सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९ सय १४ जनामा देखिएको छ । त्यस्तै बाग्मतीमा ६ सय ७५, कोशीमा ५ सय ६८, लुम्बिनीमा ५ सय ५१,  सुदूरपश्चिममा ३ सय ८४, कर्णालीमा ९३ र मधेश प्रदेशमा ६२ जनामा डेंगुको संक्रमण देखिएको ईडीसीडीले जनाएको छ । 

वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ । यो समयमा लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकहरू सुझाउँछन् ।

डेंगुका बिरामीहरूको संख्या बढिरहेकोले आ–आफ्नो घर, टोल, समुदाय र कार्यालयमा अझ सक्रियताका साथ खोज र नष्ट गर अभियानमा लाग्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : ४९ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका