कोशी प्रदेश आमसञ्चार विधेयकसम्बन्धी प्रतिवेदन पेस « Khabarhub

कोशी प्रदेश आमसञ्चार विधेयकसम्बन्धी प्रतिवेदन पेस


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस भएको छ ।

न्याय, प्रशासन तथा विधायन समितिको सभापति कमला दर्नालले समितिको प्रतिवेदन सदनमा पेस गरेकी हुन् ।

विशेष समय र शून्य समयमा विविध विषयमा ध्यानाकर्षण

विशेष समय राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सन्दकपुरमा पर्यटक भित्र्याउन सरकारले आवश्यक संरचना बनाउनुपर्ने सुझाव दिए ।

समुन्द्र सतहबाट तीन हजार ३३६ मिटर उचाइमा रहेको सन्दकपुरलाई नेपाल सरकारले पहिलो पर्यटन गन्तव्यमा राखेको भन्दै उनले त्यसको विकासका लागि ध्यान दिनुपर्ने बताए ।

‘जैविक विविधता, रेडपान्डा, ३८ जातका लालीगुराँस पाउनाका साथै जडीबुटी सङ्कलन केन्द्र पनि हो सन्दकपुर । त्यसैले भारतको पश्चिम बङ्गाल दार्जिलिङ र नेपालको इलामबाट जान सकिने त्यहाँको बाटो अत्यन्त खराब रहेकाले त्यसको विकासमा ध्यान दिऔँ’, सिटौलाले भने,’ बाटो खराब भए पनि गएको वर्षमा भारत र बङ्गलादेशका तीन लाख ८० हजार नागरिक सन्दकपुरमा आएको तथ्याङ्क छ । त्यसको विकास भएमा लाखौँ पर्यटन भित्र्याउन सकिन्छ ।’

उनका अनुसार इलामबाट ३५ किमी दूरीमा रहेको सन्दकपुरको बाटो हालसम्म पाँच किलोमिटर मात्र कालोपत्र भएको छ ।

सन्दकपुरबाट नेपालका सबै शिखर हिमाल, भूटानको कालो पहाड अवलोकनका साथै बिहानको समयमा सूर्य देखिने भएकाले यस ठाउँलाई अलौकिक भन्ने गरिएको छ । 

शून्य समयमा प्रदेशसभा सदस्य गोम्बु शेर्पाले तीजका अवसरमा शुभकामना व्यक्त गर्दै समानता, न्याय र समृद्धिका निम्ति महिला अधिकार सुरक्षित हुनुपर्नेमा जोड दिए  । सदस्य किशोरचन्द्र दुलालले प्रदेश रासायनिक मलको सहज आपूर्तिका लागि ध्यानाकर्षण गराए । 

सदस्य प्रेमराज थाम्सुङहाङले लिपुलेक र लिपियाधुरा नेपाली भूमि भएकाले नेपालको सहमतिबिना नै भारत र चीनले व्यापारिक मार्ग प्रयोग गर्न गरिएको सम्झौतामा सरकारले विरोध गर्नुपर्ने बताए । 

उनले यस्तो कार्यले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा आँच आउनाका साथै स्वाधीनतामा पनि प्रहार भएको धारणा राखे । 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  २ : ३१ बजे

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको