कांग्रेस सर्लाहीका सभापतिले दिए राजीनामा  | Khabarhub Khabarhub

कांग्रेस सर्लाहीका सभापतिले दिए राजीनामा 


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन् । उनले सभापति शेरबहादुर देउवासमक्ष शुक्रबार राजीनामा पत्र बुझाएका हुन् । 

अदालतको निर्णय, प्रचलित कानुन र पार्टीको विधानबमोजिम सभापतिको रूपमा निरन्तर रहने अवस्था नरहेको सिंहले राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनलाई अदालतले वन मुद्दामा भ्रष्टाचारी ठहर गरेको थियो । 

‘यसकारण म नियम, कानुन र पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति पदबाट राजीनामा दिएको जानकारी गराउँछु,’ उनले भनेका छन् । 

सिंहले अदालतको निर्णय मान्नु आफ्नो कर्तव्य भए पनि निर्णयले अन्याय भएको पनि जिकिर राजीनामा पत्रमा उल्लेख गरेका छन् । 
‘म माथि भएको अन्यायको म व्यक्तिगत रूपमा मेरो कानुनी तथा न्यायिक लडाइँ लडिरहने छु । साथमा मेरो राजनीतिक लडाइ जारी नै रहने छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ३ : ५८ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न