रास्वपाबाट निलम्बित भए नेता कँडेल « Khabarhub

रास्वपाबाट निलम्बित भए नेता कँडेल


६ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाण पत्र बनाएको आरोपमा पक्राउ परेका नेता हरिप्रसाद कँडेललाई निलम्बन गरेको छ । 

बागमती प्रदेश प्रशिक्षण विभागमा रहेर काम गर्दै आएका कँडेललाई रास्वपाको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले शुक्रबार निलम्बन गरेका हुन् । 

रूपन्देही जिल्ला प्रहरी कार्यालयबाट नक्कली शैक्षिक प्रमाण पत्र छपाइमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको सूचना प्राप्त भएकाले उनलाई आवश्यक छानबिन र अनुसन्धानमा सहजता पुर्‍याउने उद्देश्यले निलम्बन गरिएको रिमालको भनाइ छ । 

‘प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँदछौँ,’ पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ४ : ०० बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम