प्रभु साहलाई छोडेर एमालेमा प्रवेश गरेर वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह « Khabarhub

प्रभु साहलाई छोडेर एमालेमा प्रवेश गरेर वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्ताहरू शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई प्रवेश गरा‌एका हु्न् ।

उमेश साह एमालेकै पूर्वकेन्द्रीय सदस्य हुन् । यस्तै आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्वउपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका नेता पनि एमालेमा प्रवेश गरेका छन् ।

अध्यक्ष ओलीले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै गलत बाटो देखाउनेको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आएको भन्दै धन्यवाद दिए ।

‘हामी शान्ति, मानवता, विकास र सुख चाहन्छौँ । अपराध सोचेर बस्नेहरूको जञ्जालबाट तपाईँहरू मुक्त हुनुभएको छ’, अध्यक्ष ओलीले भने, ‘हामी एमालेको ठूलो परिवार भएर लागौँ । मिलेर देश बनाऊँ । गलत काम नगरौँ ।’

कार्यक्रममा नेता उपेन्द्र साहले प्रभु साह नेतृत्वको आजपाले जनताको लागि काम गर्छ भन्नु भ्रम रहेको अनुभव लिएर जनताको पार्टी एमाले नै आफ्नो गन्तव्य भएको बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : ०८ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास