पूर्वराष्ट्रपतिले असन्तुष्ट र जनसंगठनमा हारेकालाई बोकेर हिँडेको ओलीको आरोप « Khabarhub

पूर्वराष्ट्रपतिले असन्तुष्ट र जनसंगठनमा हारेकालाई बोकेर हिँडेको ओलीको आरोप

एमालेले कसैको सदस्यता नखोसेको जिकिर


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले झुक्याएर पार्टी सदस्यता नवीकरण गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार अपरान्ह आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराउने क्रममा च्यासलबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता कायम हुन नहुनेबारे एमाले केन्द्रीय कमिटीको साउन ५-६ गतेको निर्णयबारे पनि ओलीले स्पष्ट हुन आग्रह गरे ।

उनले नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेकी भण्डारीले राष्ट्रपति पदमा गएपछि पार्टी सदस्यता त्यागेको दाबी गरे । ‌भण्डारीले शीतल निवासबाट बाहिरिएपछि यसअघि त्यागेको पार्टी सदस्यता नवीकरण या नयाँका लागि निवेदन नै नदिएको उनले जिकिर गरे ।

‘अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुरा आएका छन्’, उनले भने, ‘खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन ।’

पूर्वराष्ट्रपतिले बाहिर बोल्दै हिँडे पनि पार्टीमा सदस्यता नवीकरणका लागि निवेदन नदिएको पनि ओलीको जिकिर छ । ओलीले पार्टीमा असन्तुष्ट र जनसंगठनमा हारेकालाई बोकेर हिँडेको भन्दै भण्डारीप्रति आक्रोश व्यक्त गरे ।

‘उहाँले बाहिर बाहिर बोल्नुभएको छ । पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको छैन’, उनले भने, ‘पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकालाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना गरेका थिएनौँ ।’

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : ०६ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास