तीन दशकमा माइन तथा विस्फोटनमा परी ६५१ जनाको मृत्यु : गृहमन्त्री लेखक « Khabarhub

तीन दशकमा माइन तथा विस्फोटनमा परी ६५१ जनाको मृत्यु : गृहमन्त्री लेखक


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  गृहमन्त्री रमेश लेखकले बितेको तीन दशकमा माइन तथा विस्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु र २ हजार ८ सय ९९ जना घाइते भएको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभामा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले प्रहरीका अनुसार २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विस्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको जानकारी गराए ।

‘द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको छ’, गृहमन्त्री लेखकले भने, ‘घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको, टुहुरा बालबालिकाहरूका लागि १८ वर्षसम्म मासिक ५ हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका आधारमा  मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गरिँदै आएको छ ।’

साथै परिपूरण सम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम सरकारको निर्णय बमोजिम हुने गरेको ब्यहोरा अनुरोध समेत जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : ४९ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने