लिपुलेकबाट व्यापारिक नाका खोल्ने भारत–चीन सहमतिप्रति समाजवादी मोर्चाको आपत्ति « Khabarhub

लिपुलेकबाट व्यापारिक नाका खोल्ने भारत–चीन सहमतिप्रति समाजवादी मोर्चाको आपत्ति


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत र चीनबीच हालै भएको लिपुलेक व्यापारिक नाका सञ्चालन गर्ने सहमतिप्रति समाजवादी मोर्चा, नेपालले गम्भीर आपत्ति जनाएको छ।

नेकपा माओवादी केन्द्र नेतृत्वको मोर्चाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग भएकाले त्यहाँ कुनै पनि प्रकारको सहमति नेपालको अनुमतिबिना गर्न नहुने स्पष्ट गरेको छ।

मोर्चाले जारी गरेको वक्तव्यमा ऐतिहासिक प्रमाण र दुवै पक्षीय सहमति अनुसार लिपुलेक नेपालकै भूभाग भएको भन्दै भारतीय पक्षले त्यहाँ निरन्तर अतिक्रमण गर्दै आएको उल्लेख गरिएको छ।

वक्तव्यमा भनिएको छ, ‘नेपालको सार्वभौमिकता माथि गम्भीर आघात पुर्‍याउने गरी लिपुलेकबारे भारत र चीनबीच भएको सहमति नेपालको भूमिमा फिर्ता व्यापार खोल्ने योजनाबद्ध प्रयास हो, जसलाई नेपालले अस्वीकार गर्छ।’

समाजवादी मोर्चाले नेपालको भूमिमा परनिर्भर शक्तिहरूको सम्झौता नेपाली जनताको हितविपरीत हुने भन्दै विरोध जनाएको छ।

वक्तव्यमा सीमा सम्बन्धी विवादलाई सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्ने र नेपाल सरकार मौन बसेको खण्डमा जनआन्दोलनमार्फत विरोध गर्ने चेतावनी दिइएको छ। वक्तव्यमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव र महिन्द्र राय यादवको हस्ताक्षर छ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : ३७ बजे

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

इरान–अमेरिका सम्झौताप्रति गालिबफको प्रतिक्रिया : ‘यो अमेरिकाको पराजय हो’

एजेन्सी– मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच