छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार « Khabarhub

छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कार-२०८१ प्रदान गरिने भएको छ ।

शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले ‘उरमाल’लाई’ मदन पुरस्कारबाट सम्मानित गर्ने निर्णय भएको हो ।

उता लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याकोमा प्रेमदेव गिरीलाई जगदम्बा-श्री पुरस्कारबाट सम्मानित गरिने भएको छ ।

यसअघि ६ साउनमा ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट भएका थिए ।

मदन पुरस्कार गुठीले पुरस्कारका लागि प्राप्त २९९ पुस्तकहरूबाट उत्कृष्ट सातको संक्षिप्त सूची सार्वजनिक गरेको थियो ।

अन्तिम सातमा छनोट भएका कृतिहरूमा कथा, कविता, यात्रा संस्मरणदेखि गैरआख्यानसम्मका पुस्तकहरू समेटिएका थिए । यीमध्ये यस वर्ष ‘उरमाल’ले बाजीफ मारेको हो ।

यी थिए अन्तिम छनोटमा परेका सात पुस्तक

उरमाल – छुदेन काविमो
छालबाटो : कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल
दर्ज्यु संलाप – कुमारी लामा
पञ्चतत्त्वको पालाम – मनप्रसाद सुब्बा
बहुरुपी – श्रेयज सुवेदी
भिक्षु, व्यापार र विद्रोह – सुधीर शर्मा
हिउँको गीत – तीर्थ गुरुङ


प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ६ : ०५ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल