समावेशी गणतन्त्रको सपना अपूरो छ : अध्यक्ष प्रचण्ड | Khabarhub Khabarhub

समावेशी गणतन्त्रको सपना अपूरो छ : अध्यक्ष प्रचण्ड


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवस्था त्याग र बलिदानको उपलब्धि भएको बताएका छन् । 

लमजुङको बेशिशहरमा नेपाल तामाङ घेदुङ जिल्ला समितिको आयोजनामा आयोजित तामाङ समुदायको सांस्कृतिक तथा सङ्ग्रहालय भवनको उद्घाटन समारोहमा भर्चुअल रूपमा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि संविधानले सबै उत्पीडित वर्ग तथा समुदायलाई पूर्ण अधिकार दिन नसकेको समेत बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘हामी अहिले जुन चौतारीमा आइपुगेका छौँ, त्यो त्याग र बलिदानको परिणाम हो। तर अझै पनि उत्पीडित वर्ग र समुदायले जुन अधिकार पाउनु पर्ने हो, त्यो हदसम्म पुग्न सकेका छैनौँ ।’

उक्त भवन निर्माणका लागि संघीय सरकारबाट बजेट माओवादी केन्द्रकी प्रतिनिधि सभा सदस्य उर्मिला माझीको पहलमा विनियोजन गरिएको थियो ।

अध्यक्ष प्रचण्डले संविधान बनाउँदा केही विषयमा सम्झौता गर्न बाध्य भए पनि उत्पीडित वर्गका मुद्दाहरूलाई संविधानसभामै ‘रिजर्भेसन’, ‘भिन्न मत’ वा ‘नोट अफ डिसेन्ट’ दर्ता गरिएको स्मरण गराउँदै अब ती मुद्दालाई फेरि अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

 पछिल्लो कार्यकालमा सरकारको नेतृत्व सम्हाल्दासमेत सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा विशेष पहल लिएर काम गरेको उनले बताए । 

‘त्यही जमर्कोका कारण प्रतिक्रियावादीहरू, पहिचान र अधिकार विरोधीहरूले हामीलाई सरकारबाट बाहिर जान बाध्य पारे,’ उनले भने ।

पार्टी सरकार बाहिर भए पनि जनतासमक्ष विभिन्न अभियान मार्फत जोडिँदै  पुनः अभियानमार्फत सुशासन, पहिचान, अधिकार र समावेशीताका मुद्दालाई देशव्यापी रूपमा उठाउने तयारी भइरहेको उनले बताए ।’अब छिट्टै, भदौको तेस्रो साताबाट हामीले त्यस अभियानलाई फेरि पूर्णता दिने तयारीमा छौँ,’ उनले भने ।

तामाङ घेदुङलाई सांस्कृतिक पहिचान, अधिकार र संघर्षको साझा चौतारीका रूपमा उल्लेख गर्दै उनले उक्त संस्थाले गर्दै आएको प्रयासप्रति खुसी व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष प्रचण्डले लमजुङको सांस्कृतिक तथा सङ्ग्रहालय भवन तामाङ समुदायको हक र पहिचानको सन्देश दिने एउटा बलियो प्रतीक बन्ने विश्वास व्यक्त गरे  ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : ११ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्