जेलेन्स्कीसँग ‘कुनै पनि बैठकको योजना’ नबनेको रुसको भनाइ « Khabarhub

जेलेन्स्कीसँग ‘कुनै पनि बैठकको योजना’ नबनेको रुसको भनाइ


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसी र युक्रेनका राष्ट्रपतिबीच कुनै भेटघाटको योजना नभएको रूसले जनाएको छ ।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले अमेरिकाले शिखर सम्मेलन आयोजना गर्ने प्रयास गरे पनि रुसी र युक्रेनका राष्ट्रपतिबीच कुनै भेटघाटको योजना नभएको बताएका हुन् ।

लाभरोभले एनबिसीको ‘मिट द प्रेस विथ क्रिस्टन वेल्कर’ लाई दिएको अन्तर्वार्तामा भने, “कुनै बैठकको योजना छैन।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई युरोपेली सहयोगीहरूसँग स्वागत गरेपछि दुवै नेताबीच छिटो शिखर वार्ता हुने अपेक्षा व्यक्त गरेका छन् ।

लाभरोभले अमेरिकी प्रसारणकर्तासँग एनबिसीसँग भने, “शिखर सम्मेलनका लागि कार्यसूची तयार भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जेलेन्स्कीलाई भेट्न तयार हुनुहुन्छ।”

लाभरोभले यसै साताको सुरुमा ह्वाइट हाउसको बैठकलाई युरोपेलीहरूले युक्रेनबारे अमेरिकी नेताको धारणा परिवर्तन गर्ने ‘मूर्ख’ प्रयास भएको भन्दै आलोचना गरेका थिए ।

शुक्रबार उनले युक्रेनी राष्ट्रपतिको वैधतामाथि प्रश्न उठाउँदैरुसको अधिकतमवादी दाबी दोहो¥याएर पुटिन र जेलेन्स्कीबीच चौथो वर्षमा द्वन्द्व समाधान हुने आशाप्रति तुषारापात गरेको देखिन्छ ।

लाभरोभका अनुसार “त्यहाँ धेरै सिद्धान्तहरू छन् जुन वासिङ्टनले स्वीकार गर्नुपर्छ भन्ने विश्वास गर्दछ र यसमा क्षेत्रीय मुद्दाहरूको छलफलसहित नेटोको सदस्यता समावेश छैन ।

जेलेन्स्कीले सबै कुरालाई अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : २३ बजे

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार