जेलेन्स्कीसँग ‘कुनै पनि बैठकको योजना’ नबनेको रुसको भनाइ | Khabarhub Khabarhub

जेलेन्स्कीसँग ‘कुनै पनि बैठकको योजना’ नबनेको रुसको भनाइ


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसी र युक्रेनका राष्ट्रपतिबीच कुनै भेटघाटको योजना नभएको रूसले जनाएको छ ।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले अमेरिकाले शिखर सम्मेलन आयोजना गर्ने प्रयास गरे पनि रुसी र युक्रेनका राष्ट्रपतिबीच कुनै भेटघाटको योजना नभएको बताएका हुन् ।

लाभरोभले एनबिसीको ‘मिट द प्रेस विथ क्रिस्टन वेल्कर’ लाई दिएको अन्तर्वार्तामा भने, “कुनै बैठकको योजना छैन।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई युरोपेली सहयोगीहरूसँग स्वागत गरेपछि दुवै नेताबीच छिटो शिखर वार्ता हुने अपेक्षा व्यक्त गरेका छन् ।

लाभरोभले अमेरिकी प्रसारणकर्तासँग एनबिसीसँग भने, “शिखर सम्मेलनका लागि कार्यसूची तयार भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जेलेन्स्कीलाई भेट्न तयार हुनुहुन्छ।”

लाभरोभले यसै साताको सुरुमा ह्वाइट हाउसको बैठकलाई युरोपेलीहरूले युक्रेनबारे अमेरिकी नेताको धारणा परिवर्तन गर्ने ‘मूर्ख’ प्रयास भएको भन्दै आलोचना गरेका थिए ।

शुक्रबार उनले युक्रेनी राष्ट्रपतिको वैधतामाथि प्रश्न उठाउँदैरुसको अधिकतमवादी दाबी दोहो¥याएर पुटिन र जेलेन्स्कीबीच चौथो वर्षमा द्वन्द्व समाधान हुने आशाप्रति तुषारापात गरेको देखिन्छ ।

लाभरोभका अनुसार “त्यहाँ धेरै सिद्धान्तहरू छन् जुन वासिङ्टनले स्वीकार गर्नुपर्छ भन्ने विश्वास गर्दछ र यसमा क्षेत्रीय मुद्दाहरूको छलफलसहित नेटोको सदस्यता समावेश छैन ।

जेलेन्स्कीले सबै कुरालाई अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : २३ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्