नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य « Khabarhub

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय अस्पताल (डीएच–केयूएच)बीच आँखा स्वास्थ्य, शैक्षिक तालिम र अनुसन्धान प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा विराजमान कर्माचार्य र नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले शुक्रबार द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार धुलिखेल अस्पतालका आवासीय चिकित्सक र नेत्र विशेषज्ञलाई एनएनजेएस अन्तर्गतका विभिन्न अस्पतालमा तालिम, अनुसन्धान र बाह्य कार्यक्रममा सहभागी गराइनेछ । सोहीअनुरूप काठमाडौं विश्वविद्यालयका ग्लोबल हेल्थ तथा एपिडेमियोलोजी विषयका विद्यार्थीलाई पनि एनएनजेएसमा शैक्षिक आदानप्रदान, अध्ययन भ्रमण र अनुसन्धानमा सहभागी गराउने व्यवस्था गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रकाअनुसार दुई संस्थाबीच संयुक्त अनुसन्धान र सहप्रकाशनसमेत हुनेछ ।

अठ्ठाइस आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत नेपाल नेत्रज्योति सङ्घले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ८ : ४३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा