हैजा प्रभावित वीरगन्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव स्वयम् परीक्षण स्थलमा « Khabarhub

हैजा प्रभावित वीरगन्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव स्वयम् परीक्षण स्थलमा


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

वीरगंज– गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परीक्षण तथा शुद्धीकरणको कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको र उक्त टोलीले अहिले तीव्र रूपमा पानी परीक्षणको कार्य अगाडि बढाएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।

उनले भने, ‘आज बिहानदेखि हैजा प्रभावित क्षेत्रहरूमा म सहित हाम्रो प्राविधिक टोलीले विभिन्न वडाहरूमा पानी परीक्षणको कार्य प्रारम्भ गरेका छौँ । प्राविधिक टोलीले प्रभावित क्षेत्रहरूमा पानी परीक्षण तथा शुद्धीकरणको कार्य तीव्र रूपमा अगाडि बढाएको छ ।’

वीरगन्ज महानगरपालिकाका विभिन्न वडा तथा टोलहरूमा हैजारोगको सङ्क्रमण देखिएको र केहीको मृत्यु समेत भएपछि अहिले मन्त्री यादवसहित खानेपानी मन्त्रालय र विभागको प्राविधिक लगायतको टिम हैजा प्रभावित क्षेत्रमा खटिएको छ ।

हैजा रोगको सङ्क्रमण भेटिएको क्षेत्रमा त्यहाँको खानेपानी परीक्षण र शुद्धिकरणका लागि आवश्यक सामग्री सहितको मोबाइल भ्यान टोली तत्कालै खटिएको र आवश्यक थप सामग्री आज पठाउन लागिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै भ्यान सहितको मोबाइल टोली खटाएका छौँ । पानी परीक्षण र शद्धिकरणका लागि आवश्यक पर्ने थप सामग्री आज पठाइँदै छ ।’

वीरगन्जमा शुक्रबार तीन जनामा हैजा रोगको सङ्क्रमण पुष्टि भएको थियो । हैजा रोगकै लक्षण देखिएका तर हैजा पुष्टि नभएका दुई जनाको शनिबार मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ११ : ०० बजे

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको