धानबालीमा मरुवा रोगको समस्या « Khabarhub

धानबालीमा मरुवा रोगको समस्या


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाका तीनवटा वडामा लगाइएको धानबालीमा मरुवा रोग लागेको पाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टले जानकारी दिए ।

पालुङटारको वडा नम्बर ४, ६ र ८ मा गरी झण्डै चार सय १० रोपनी क्षेत्रमा लगाइएको धानबालीमा मरुवा रोग फैलिएको छ, सबैभन्दा धेरै वडा नम्बर ८ स्थित एकहजार रोपनी फाँटको द्वारटारमा समस्या देखिएको छ । रोगका कारण ती क्षेत्रमा धानका रोपो सुकिसकेको अधिकृत विष्टले जानकारी दिए ।

‘किसानले ज्ञान केन्द्रमा जानकारी गराएपछि कृषि प्राविधिकसहितको टोली खेतमै पुगेर रोगको अध्ययन गरिसकेका छौँ, रोग फैलिएका क्षेत्रका धानबाली सुकिसकेको अवस्था छ’, उनले भने । मरुवा रोग धानबालीमा लाग्ने एक प्रकारको ढुसी कीरा हो । समयमा नै ढुसी नासक औषधिको प्रयोग गर्नसके रोग नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

त्यस क्षेत्रमा विशेषगरी गोरखनाथ, सावित्री र मन्सुली जातको धानबालीमा मरुवा रोग देखिएको छ । सोही फाँटमा लगाइएको राम धानमा भने मरुवा रोगको प्रकोप नदेखिएको अधिकृत विष्टले बताए । पालुङटार नगरपालिका वडा नम्बर ४ र ६ मा पनि धानबालीमा उक्त रोग देखिएको छ । त्यहाँ करिब १० रोपनी धानखेतमा मरुवा रोग देखिएको उनले जानकारी दिए ।

रोग लागेको क्षेत्रका किसानलाई ढुसी नासक औषधि उपलब्ध गराउनुका साथै ‘स्प्रे’ पनि गरिसकिएकाले ५० प्रतिशत धानबाली जोगाउन सकिने विश्वास गरिएको अधिकृत विष्टको भनाइ छ । (रासस)

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १२ : ०३ बजे

मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका