युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा « Khabarhub

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन किएभ आइपुगेका छन् । उनले विश्व नेताहरूले युक्रेन–रुस युद्ध अन्त्य गर्न दबाब दिइरहेका बेला आफ्नो उपस्थितिलाई ऐक्यबद्धताको प्रतीकका रूपमा व्यक्त गरेका हुन् ।

‘यस युक्रेनी स्वतन्त्रता दिवसमा र आफ्नो देशको इतिहासको यो महत्त्वपूर्ण घडीमा, क्यानाडाले युक्रेनका लागि न्यायपूर्ण र स्थायी शान्ति दिलाउने हाम्रो समर्थन र प्रयासहरूलाई अझै बढाइरहेको छ’, कार्नीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्  ।

क्यानाडाली प्रसारक सिबिसीका अनुसार कार्नीलाई स्वतन्त्रता दिवस मनाउन ‘विशेष अतिथि’ का रूपमा किएभमा आमन्त्रित गरिएको थियो ।

‘युक्रेनका लागि क्यानाडाको समर्थन दृढ छ । हामी तपाईँको सार्वभौमिकताको रक्षा गर्न र तपाईँको सपनाहरू साकार पार्न तपाईँको सङ्घर्षको प्रत्येक चरणमा तपाईँको साथमा छौँ’ , कार्नीले किएभ आइपुगेपछि आफ्नै एक्स खातामा सार्वजनिक गरिएको भिडियो सन्देशमा भने ।

तीन वर्ष लामो द्वन्द्वबीच मस्कोले शनिबार पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रका दुई गाउँ कब्जा गरेको घोषणा गरेको बेला उहाँको यो भ्रमण भएको हो । यसले रुसी सेनाले ढिलो गतिमा भए पनि केही लाभ हासिल गरिरहेको सङ्केत गर्दछ ।

यद्यपि, कार्नीको भ्रमण त्यस्तो समयमा भएको छ जतिबेला रुसी र युक्रेनी राष्ट्रपतिहरूबीच शिखर बैठक हुने सम्भावना क्रमशः घट्दै गएको छ । यो सम्भावित समाधानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध अन्त्य गर्ने आफ्नो प्रयासको एक अंशका रूपमा समर्थन गरेका थिए ।

हालै दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले समेत रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीलाई भेटवार्ताका लागि आह्वान गरेका थिए  ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  २ : ५७ बजे

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी