तीजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ : पम्फा भुसाल « Khabarhub

तीजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ : पम्फा भुसाल


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले तीज पर्वलाई सबैले मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्ने बताएकी छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागले आइतबार  आयोजना गरेको ‘तीज जनसंस्कृति र प्रगतिशील’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले पुँजीपतिको व्यापारिक प्रवृत्तिले तीज पर्वलाई विकृत बनाएको आरोप लगाइन् ।

नाफा कमाउन लामो समयसम्म व्यापार गर्ने, तडकभडकलाई प्रोत्साहन दिने र मौलिक संस्कृतिलाई मेट्ने कार्य बढिरहेको भन्दै भुसालले चिन्ता व्यक्त गरिन् । हाम्रा धार्मिक आस्था बोकेका पर्वमा हुने गलत प्रवृत्तिलाई रोक्न जरुरी रहेकामा उनले जोड दिइन् ।

उपाध्यक्ष भुसालले समाजमा महिलालाई अझै दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने गरिएको उल्लेख गर्दै तीजलाई महिला उत्पीडनसँग जोडिएको पर्वका रूपमा मनाउनुभन्दा अवसर, सशक्तीकरण र सकारात्मक परिवर्तनका लागि मनाउनुपर्ने धारणा राखिन् । 

उनले तीजलाई भड्किलो र खर्चिलो नबनाई मौलिक लोकगीतको संरक्षण, महिला अधिकारप्रतिको सचेतना र महिलालाई सङ्गठित गर्ने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष विजयप्रसाद सापकोटाले तीजलाई सांस्कृतिक, सामाजिक र मूल्य मान्यतालाई अगाडि बढाउने प्रगतिशील माध्यमका रूपमा लिनुपर्ने विचार प्रस्तुत गरे ।

कार्यक्रममा छात्रा विभागकी अध्यक्ष ममता अधिकारीले तीजमा सामाजिक मूल्य, मान्यतालाई आत्मसात् गर्दै सकारात्मक सन्देश दिने गरी मनाउनुपर्ने बताइन् । आगामी दिनमा पनि विभाग महिला उत्थानका लागि सक्रिय रहने उनले विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ६ : २४ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि