राज्य व्यवस्था समिति सभापति निर्वाचन : कांग्रेसको निर्णय कुर्दै सभामुख « Khabarhub

राज्य व्यवस्था समिति सभापति निर्वाचन : कांग्रेसको निर्णय कुर्दै सभामुख


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिको उम्मेवारको टुंगो नलगाउँदा निर्वाचनको सूचना प्रकाशन गर्न समस्या भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।

निजामती कर्मचारी सम्बन्धी विधेयकमा राखिएको कुलिङ पिरियड सम्बन्धी विवादमा तानिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पद रिक्त छ। पर रिक्त भएको १५ दिनभित्र सभापति चयन गर्नुपर्ने बाध्यात्मक प्रावधान छ। खतिवडाले साउन २८ गते राजीनामा दिएकाले सोमबार निर्वाचन गर्नुपर्ने बाध्यता सभामुखसँग छ।

कांग्रेसले उम्मेदवार टुंगो लगाएर पठाएमा निर्वाचन तालिका सार्वजनिक गर्ने बाटो खुल्ने छ। कांग्रेस र एमालेको सहमति रहेकाले यो पदमा अन्य दलको दाबी छैन।

निर्वाचनको सूचना प्रकाशनका लागि सभामुख घिमिरेले आइतबार कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेसँग पटकपटक छलफल गरेका थिए। कांग्रेस सचेतकले पार्टीको निर्णय पर्खिन अनुरोध गरेपछि निर्वाचन सम्बन्धी सूचना प्रकाशनमा ढिलाइ भएको हो।

सभामुखको सचिवालयले भनेको छ, ‘राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको सूचना प्रकाशन गर्न सभामुखले आइतबार दिनभर गरेको प्रयास सफल हुन सकेन । अन्य दलको दाबी नरहेको अवस्थामा सभामुखले कांग्रेस प्रमुख सचेतकसँग दुई पटक छलफल गर्नुभएको थियो । तर आन्तरिक छलफल गर्नुपर्ने भएकाले सूचना रोकिदिन आग्रह गर्नुभएको थियो । आज बिहान कांग्रेस पदाधिकारी बैठकले टुंगो लगाउने उहाँको भनाइ छ । आज बिहान सूचना जारी गर्नैपर्ने नियमावलीको बाध्यात्मक परिस्थिति सभामुखले बताउनुभएको छ ।’

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ८ : ४३ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल